ब्लु स्काई मन्टेश्वरीको अभिभावक दिवस

पोखरा २६ चैत /पोखरा महानगरपालिका जडा नम्वर १७ का अध्यक्ष तीर्थराज अधिकारीले शिक्षा विना विकास विकास सम्भव नहुने बताएका छन् ।‘ शिक्षाको चेतना विना समाज र राष्ट्रको विकास हुदैन् ।’पोखराको विरौटामा रहेको व्लु स्काई मन्टेश्वरीको सातौ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रमको उद्घाटन गदै उनले बालबालिकालाई बालमैत्री वातावरणमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए ।आजका बालबालिका भोलिका राष्ट्र निर्माता भएकाले उनीहरुलाई सकरात्मक प्रभाव पार्ने गरि बालमैत्री व्यवहार गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष अधिकारीले पछिल्लो समय शिक्षामा व्यापारिकण बढेको बताउदै व्यवस्थित गर्नुपर्ने खाँचो समेत औल्या ।उनले वडाभित्र रहेका विद्यालयहरुलाई व्यवस्थित गर्न न्यूनतम मापदण्ड अनुसार सञ्चालनको दायरामा ल्याउने योजना रहेको बताए । मन्टेश्वरी एशोसियशनका उपाध्यक्ष मिलन के.सीले बालबालिकाको भावना र रुचि अनुसार सिकाउनुपर्ने बताउदै बालमैत्री वातावरण हुनुपर्नेमा जोड दिइन् ।

खेलकुद पत्रकार मञ्चका अध्यक्ष एवं अभिभावक एकराज गिरीले मन्टेश्वरीले बालबालिकाहरुलाई पारिवारीक वातावरणमा शैक्षिक र व्यवहारीक ज्ञान प्रदान गदै आएको बताए ।कार्यक्रममा मन्टेश्वरीको स्थापनादेखि हालसम्म योगदान पु¥याका विष्णुहरी बराल, बलराम पूर्णविराम सुवेदी र कृष्णप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष तीर्थराज अधिकारी, मन्टेश्वरीका प्राचार्य टिका आचार्य सुवेदीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

मन्टेश्वरीका प्राचार्य टिकाकुमारी आचार्य सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमा गिरीराज सुवेदी, विद्यार्थी श्रेया गिरी र मन्टेश्वरीका व्यवस्थापक जर्नादन सुवेदी लगायतले बोलेका थिए । कार्यक्रमा मन्टेश्वरीका बालबालिकाहरुले गीत,नृत्य प्रस्तुत गरेका थिए ।भने विभिन्न अतिरिक्त क्रियाकलापमा प्रथम, द्धितिय र तृतिय हुन सफल विद्याथीलाई पुरस्कार वितरण समेत गरिएको थियो ।

कमेन्टहरु
Loading...