ब्लड क्यान्सर पिडितलाई बालक मिगिनलाई अर्थिक सहयोग

पोखरा, ६ माघ/पोखरा फुलबारी स्थित मनकामना बोर्डिङ स्कुलका पूर्व विद्यार्थीहरुको संस्था (मेसा)ले आफ्ना संस्थाका सदस्य इस्वर गर्वुजाका छोरा ८ वर्षिय बालक मिगिन गर्वुजालाई स्वस्थ्य उपचारका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

एक वर्ष अघि मिगिन लाई ब्लड क्यान्सर भएको थाहा लागे पछि उनको थप उपाचारका लागि मेसाले ६ लाख १४ हजार ५ सय सहयोग रकम जुटाएको हो । हाल उनी ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन ।
सो बारे जानकारी दिंदै मेसाका मेसाका अध्यक्ष शिब पुनले मेसाका विभिन्न देशमा छरिएर रहेका सदस्यहरुले मिगिनको उपचारका लागि सहयोग रकम जुटाएको बताए ।

यस्तो सहयोग रकम मेसा हङ्गकङ्गका सकृय सदस्य रमेश पुनले ‘प्ले फर मिगिन गर्वुजा’को शिर्षकमा हङ्गकङ्गमा भलिवल च्यारिटी कार्यक्रम गरेर रकम संकलन गरेको अध्यक्ष पुनले बताए । मिगिनका लागि युकेमा रहेका मिरा फगामी र सिङ्गापुरमा रहेका याम पुनले समेत सहयोग रकम जुटाएको मेसाका अध्यक्ष पुनले बताए ।

यस अघि नै पुन युनाइटेड क्लवले समेत मिगिनको उपचारका लागि २ लाख ५२ हजार सहयोग प्रदान गरिसकेको उनले जानकारी दिए । ब्लड क्यान्सर पिडित मिगिनका पिता रामबजार निवासी इस्वर गर्बुजाले आफ्नो छोरा विरामी भएर परिवार नै पिडामा रहे पनि संस्थाका साथीहरुले गरेको सहयोग बाट आफु गर्वित भएको बताए । छोराको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गइरहेको समेत उनले जानकारी दिए ।

कमेन्टहरु
Loading...