टुरगाइडलाई चरा चिनाउने तालिम

पोखरा, १६ फागुन /पोखरामा चरा पर्यटनको विकासलाई टेवा दिने उद्देश्यले दुई दिने तालिम सुरु भएको छ । पोखरा पंछी समाजको आयोजनामा भएको तालिममा विभिन्न क्षेत्र तथा टेकिङ गाइडहरु २५ जनाको सहभागीता रहको छ । तालिमको उद्घाटन गर्दै पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले पछिल्लो समयमा चरा अवलोकनका लागि पर्यटकहरु आउने गरेको बताए ।

उनले वर्ड वाचिङको लागि आउने पर्यटकहरुलाई तालिम प्राप्त गाइड पाउदा अझ पर्यटन बढ्ने बताए । नेपाल पंक्षी संरक्षण संघका महासचिब राजेन्द्र गुरुङले नेपालमा चरा पर्यटनको सम्भावना निकै भएको बताए । टान पश्चिमाञ्चलका अध्यक्ष दिपकराज अधिकारीले तालिममा सहकार्य गर्न पाउदा खुसी लागेको बताउदै प्रत्यक वर्ष यस्तो तालिम सञ्चालन गर्दै जानु पर्ने बताए । कार्यक्रममा पत्रकार कृष्णमणी बराल, भिम घिमिरेल चार संरक्षणमा सबैले जोड दिनु पर्ने बताए ।

नेपालमा हिमाल, पहाड र तराई सबै भएका कारण सबै किसिमका चराहरु पाइने बताए । नेपालमा ८ सय ८५ वटा चराहरु रेकर्ड रहेको पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत ज्योतेन्द्रज्यु ठकुरीले जानकारी दिए । उनले नेपालबाट ८ वटा प्रजातीका चराहरु लोप भई सकेका छन् भने ४० वटा भन्दा बढि चराहरु लोपउन्मुखमा पर्दछन् ।

तालिममा नेपाल पंछी संरक्षण संघको सहयोग तथा ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल, तथा नेपाल पर्वतारोहण संघ, अन्नपूर्ण च्याप्टरको संयुक्त सहकार्य गरेका छन् । कार्यक्रम पोखरा पंछि समाजका संस्थापक अध्यक्ष शेषकान्त शर्माको सभापतित्वमा भएको थियो ।

कमेन्टहरु
Loading...