पोखरा मालेपाटनको नहरमा खसेकी बालिका मृत फेला

पोखरा, २० पुस / पोखरामा आइतबार साझँ नहरमा खसेर हराएकी एक बालिका मृत भेटिएकी छन् । पोखरा ५ मालेपाटन बस्दै आएकी ४ बर्षिय सृजना सुबेदी मृत फेला परेकी हुन् ।

पोखरा ५ मालेपाटनकी इन्दिरा सुवेदीले आफ्नी ४ वर्षीया छोरी गुमाएकी छिन् । आमा सगँ हिडेकी उनी नहरमा खसेकी थिइन् । गहिरो र पानी भएको नहरमा खसेकी सृजना करिब २ घण्टा पछि मृत फेला परेकी हुन् ।

स्थानीयका अनुसार नहरमाथि स्ल्याब ग्याप थियो र त्यहाँ कार्टुन थियो । बच्चा सिधै कार्टुनमा टेक्दा खसेको स्थानीयको भनाई छ । घटना पश्चात स्थानी, प्रहरी, शसस्त्र प्रहरीको टोलीले खोजी गरेका थिए ।

सृजनाको सव बागवानी नजिकै अड्केको अवस्थामा भेटिएको प्रहरीको भनाई छ । नहरमा स्ल्याब वा तार नभएका कारण घटना हुन पुगेको स्थानीहरु बताउ छन् ।

तस्विरः अशोक खड्का (सामाजिक सञ्जालबाट)

कमेन्टहरु
Loading...