महा आजिजाका विजेताले पाए नगद पुरस्कार

पोखरा, १२ पुस/रेडियो गेम शो ‘महा–आजिजा’का विजेताहरुलाई विग एफएमले शुक्रबार विशेष समारोहका बिच पुरस्कार वितरण गरेको छ । गेम शो को मुख्य प्रायोजक संस्था एजुभेन्चरको कार्यालय परिसरमै पुगेर एफएमले विजेताहरुलाई पुरस्कार बाँडेको हो । दशैँको अवसर पारेर आयोजित रेडियो कार्यक्रम ‘महा–आजिजा’मा कुल २५ हजार स्रोताहरुले एसएमएसमार्फत सहभागिता जनाएको एफएमले जानकारी दिएको छ ।big fm pokhara maha aajijaविग एफएमका अध्यक्ष महेश भण्डारी र एजुभेन्चर ईन्टरनेशनल पोखराका कार्यलय प्रमुख पुजा गुरुङले सँयुक्त रुपमा विजेताहरुलाई पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण गर्दै अध्यक्ष भण्डारीले विग एफएमले आफ्नो स्रोताहरुलाई यसरी पुरस्कृत गर्न पाउँदा निकै खुशी लागेको प्रतिक्रिया दिए । साथै उनले आगामी दिनमा पनि विग एफएमले स्रोताहरुसंगबाट साथ र सहयोगको अपेक्षा गरेको बताए ।

उनले विग एफएमलाई रेडियो गेम शो बाट स्रोताहरुसँग नजिक बनाउने संस्थागत योजना सफल भएको पनि जानकारी दिए । विग एफएमको सफलतासंगै जोडिएका विभिन्न व्यवसायिक घरानाहरुलाई सम्झिँदै उनले पछिल्लो पटकको रेडियो गेम शो मा जोडिएर व्यवसायिक सहकार्य गर्ने एजुभेन्चरलाई धन्यवाद दिए ।

एजुभेन्चर ईन्टरनेशनल पोखरा शाखाका कार्यालय प्रमुख पुजा गुरुङले विग एफएमसंगको सहकार्य निकै फलदायी भएको सुनाईन् । उनले विजेताहरुलाई बधाई दिँदै विदेश पढ्न जाने चाहना भएकाहरुलाई एजुभेन्चरमै आउन आग्रह समेत गरिन् । यो पटकको महा आजिजामा सहभागीता जनाउने सम्पुर्ण स्रोताहरुलाई एजुभेन्चर ईन्टरनेशनले निशुल्क आईईएलटिएस कक्षाको सुविधासंगै अष्ट्रेलिया पढ्न जानेहरुका लागि प्रोसेसिङ चार्जमा पचास प्रतिशत छुट दिने जनाएको छ ।

कार्यक्रममा विग एफएमका कार्यक्रम संयोजक संजोग बस्याल र मार्केटिङ म्यानेजर उदिपराज ढुंगानाले पनि आ–आफ्नो तर्फबाट विजेताहरुलाई बधाई दिएका थिए । उनीहरुले विग एफएमका ईभेन्टहरुमा सँधै साथ रहन पनि उनीहरुलाई आग्रह गरेका थिए । महा आजिजामा कुल २५ हजार जनाले सहभागिता जनाएपनि २३ जनाले मात्र नगद जित्न सफल भएका थिए । जसमध्ये सबैभन्दा बढि शर्मिला पौडेलले १५ हजार रुपैँया जितेकी थिईन् । त्यस्तै रमेश थापाले १० हजार, सविना भुर्तेलले पाँच हजार र प्रकाश तिमिल्सिनाले पाँचहजार रुपैँया जितेका थिए ।

महा आजिजाको मुख्य प्रायोजक एजुभेन्चर ईन्टरनेशनलको अष्ट्रेलिया, काठमाण्डौ र पोखरामा तीनवटा शाखाहरु रहेका छन् । एजुभेन्चरले आईएलटिएस परिक्षामा ५.५ अंक लिनेलाई अष्ट्रेलियाको कलेजमा भर्ना ग्यारेन्टी समेत गरेको छ ।

कमेन्टहरु
Loading...