विद्या भट्टराईले सांसदको सपथ लिइन्

काठमाडौं, १ पुस / कास्की २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईले मंगलबार पद तथा गोपनियताको सपथ लिएकी छन् ।

उपसभामुख शिवमाया तुम्बाहाम्फेले भट्टराईलाई सिंहदरबार स्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन् ।

भट्टराई मंसिर १४ गते भएको उपनिर्वाचनबाट प्रतिनिधि सभा कास्की २ बाट बिजयी भएकी थिइन् । उनले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै विजयी भएकी थिइन् ।

भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए ।
पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि उपनिर्वाचन भएको थियो । भट्टराईले अधिकारीको श्रीमती हुन् । ।

कमेन्टहरु
Loading...