राम्रो नाना र मिठो खानाको लागि बिदेशीएकी चेलीको ब्याथा

गोकुल बानियाँ / पोखरा ३ पुष । बुधबार अन्तराष्ट्रिय आप्रबासी दिबस मनाईरहदा रोजगारीको लागि बिदेशिएका नेपालीले गहभरी आशु लिएर स्वदेशलाई सम्झिएका छन् । रोजीरोटीको लागि बिदेशीनुपरेको बाध्यता पोख्दै उनिहरुले परिवारबाट टाढा हुनुपर्दाको पिडा ओकलेका छन् ।

रोजगारीको लागि स–साना छोराछोरी छोडेर ईजरायल पुगेकी चितवन अयोध्यापुरी –३ की सरिस्मा बरालले फेसबुक मार्फत परिवारबाट टाढा हुदाको पिडा पाखेकी छिन् । ‘ राम्रो नाना, मिठो खाना, उचित शिक्षा अनि छिट्टै फर्किने बाचा गरी साना लाला बालालाई फकाउदै गहभरी आशु लिई झोला बोकेर बिदेशीदिएको आज ५ बर्ष पुगेछ । ’

photo si

बिदेशीदा मनमा सजाएका कतिपय सपना पुरा नभएपनि मन बुझाउन बाध्य भएको उनले बताएकी छिन् । आफु बिदेशमा हुदा दिदी गुमाउदाको दुखेसो उनले फेसबुकमै पोखेकी छिन् । बरालको घरमा १५ बर्षिय छोरा र १७ बर्षिय छोरी छन् । सुखद भबिश्यको खोजीमा बिदेशीदा उल्टै थुप्रै सपना टुटेको उनले बताईन् ।

photo
ईजरायल नेपाली महिलाहरुको लागि बैदेशिक रोजगारीमा सुरक्षित गन्तब्य मध्यको एक मानिन्छ । पछिल्लो तथ्याङक अनुसार ईजरायलमा मात्रै करिब २० हजार नेपाली महिलाहरु कार्यरत छन् ।

स्वदेशमै रोजगारीका प्रसस्त अबसर नहुदा र योग्यता अनुसारको उचित पारिश्रमिक नपाउदा बिदेशिन बाध्य नेपाली मध्य अधिकांशको पिडा यस्तै छ । घर परिवारबाट बिछोडिएर बिदेशी भूमिमा पसिना बगाउदा घर परिवार र आफ्नो देशलाई सम्झेर आप्रवासी नेपालीहरुले आशुको घुड्को पिउन बाध्य छन् ।

कमेन्टहरु
Loading...