भूकम्पले त्रसिएपछि पोखरामा मानिसहरु सडकमा

पोखरा, १७ पुस / बिहीबार राती गएको भूकम्पपछि त्रसित भएर सडकमा निस्का छन् । मध्येरातमा पोखरा आसपासका मानिसहरू अझै भुकम्प आउने हो कि भन्ने डरले सडकमा झरेका हुन् ।

कास्कीको घाचोक केन्द्रविन्दु भएर राति ९ बजेर ५९ मिनेटमा भूकम्प गएको थियो । कास्कीको घाचोक केन्द्रविन्दु भएर ३.८ म्याग्नेच्यूटको भूकम्प धक्का गएको रष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

करिब ५ सेकेण्ड लामो भूकम्प यो नयाँ भूकम्प नभई २०७२ साल बैशाख १२ गते गएको भूकम्प कै पराकम्पन हुन सक्ने बताएको छ ।

भूकम्प गएपछि मानिसहरु त्रासमा परेका छन् । सुतिरहेका उठेका थिए भने नसुतेकाहरु हतारीदै घर बाहिर निस्केका थिए । पोखराका न्युरोडमा भूकम्प आए पछि मानिसहरु सडकमा आएको भन्दै पत्रकार एकराज गिरीले फेसबुकमा फोटो पोस्ट गरेका छन् ।

त्यसै गरि बुद्धिसागर अधिकारीले जम्मा ३.८ म्याग्नेच्यूट जादाँ आरसिसि घरहरू सबै हल्लिएको बताउदै धक्का ठूलो महशुस भएको बताएका छन् ।

कमेन्टहरु
Loading...