बेगनासताल भोर्लेटार सडक खण्डको बाँकी भाग कालोपत्रे हुने

पोखरा, १२ वैशाख /बेगनासताल भोर्लेटार सडक खण्डको बाँकी भाग कालोपत्रे हुने भ​एको छ । कास्की र लमजुङ जोड्ने वेगनासताल भोर्लेटार सडक खण्ड अन्तरगत पर्ने रुपा गाऊँपालिका ७ तालबेसीदेखी लम्जुङ्गको भोर्लेटार सम्मको सडक कालोपत्रे हुने भएको हो ।

बुधबार गण्डकी प्रदेशका मुख्य मन्त्रि पृथ्वीसुब्बा गुरुङ्ग, प्रतिनिधीसभा कास्की क्षेत्र नम्वर १ का सांसद खगराज अधिकारी, गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत​ , प्रदेश सांसद दिपक कोइराला, रुपा गाऊँपालिकाका प्रमुख नबराज ओझा लगायतले उक्त सडकको शिलन्यास गरेका छन् ।

यो सडकमा ७ मिटर कालोपत्रे, दायाँबायाँ १ मिटरको नाला गरेर १० मिटरको चौडाइ रहने छ​ । बाटोको लम्वाई ११ दशमलव ८ किलोमिटर  रहेको छ ।कालोपत्रे गर्न महालक्ष्मी कञ्चनजंगा जेभी कन्स्ट्रक्सनसँग २६ करोड ८६ लाख रुपैयाँमा सम्झौता भएको छ ।

सो सडकको करिव २७ महिना भित्र निर्माण सक्ने लक्ष्य लिईएको राखिएको रुपा गाऊँपालिकाले जनाएको छ । यसअघि उक्त सडकको बेगनासताल देखी तालबेसी खण्डको कालोपत्रे सम्पन्न भईसकेको छ ।सो सडकको कालोपत्रे निर्माण सम्पन्न भ​एपछी लम्जुङ्ग र कास्कीको रुपा गाऊँपालिका वडा नम्वर ७ का जनतालाई प्रदेशको राजधानी पोखरा आउन सहज हुने छ ।

कमेन्टहरु
Loading...