वातावरणमैत्री झोला सिलाइ तालिम शुरु

फागुन ११, पोखरा/नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको आयोजनामा पोखरामा १५ दिने वातावरणमैत्री झोला सिलाइ तालिम शुरु भएको छ ।

वातावरणमैत्री झोला सिलाइ तालिम शुरु
वातावरणमैत्री झोला सिलाइ तालिम शुरु

कार्यक्रमको उद्घाटन गर्दैै पोखरा उपमहानगरपालिका वातावरण शाखाका प्रमुख चन्द्र काफ्लेले सिलाई तालिमले पोखरालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन सहयोग पुग्ने बताउनुभयो । उहाँले आगामी बैशाखबाट पोखरालाई प्लाष्टिक झोला र चिया गिलासमुक्त क्षेत्र बनाउन लागेको जानकारी दिदै यस अभियानलाई समेत तालिम उपयोगी हुने जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाईटी कास्की शाखाका सभापति वामदेव ढुङ्गानाले सिलाई तालिम पश्चात गृहणीहरुको आयआर्जनमा समेत वृद्धि हुने उल्लेख गर्नुभयो । नेपाल रेडक्रस सोसाईटी कास्की लैङ्गिक तथा समावेशीकरण समितिका संयोजक उर्मीला खड्काले पोखरालाई वातावरणमैत्री बनाउन प्लाष्टिकजन्य पदार्थको उपयोग घटाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा रेडक्रस कास्कीका मन्त्री कृष्ण तिमील्सिना, लैङ्गिक तथा समावेशीकरण समितिका सदस्य इन्द्र अधिकारी लगायतले बोल्नुभएको थियो । पोखरा उपमहानगरपालिकाको सहयोगमा भएको तालिममा २० जना महिलाहरुको सहभागिता छ ।

कमेन्टहरु
Loading...