पोखरामा बर र पिपलको विबाह

पोखरा, १० असार /बरलाई बर र पिपललाई बधु मानि पोखरा महानगरपालिका बडा नं ६ स्थित शान्ति पाटनमा बाजा सहित हिन्दु परम्परा अनुसार विवाह कार्यक्रम सम्पन्न भएको छ । बर र पिपललाई दुलही झै रंगाई चौताराको निर्माण सृगांर पट्टार गरि सिगारीएको छ ।

शान्ति पाटन टोल बिकास संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरि उक्त कार्यक्रम गरेको हो । बर भगवान विष्णुका प्रतिक र पिपल लक्ष्मीमाताको प्रतिक भएका र उनिहरुको विबाह एक आपसमा नगरे सम्म बर पिपलमा पुजा गर्ने धार्मिक भक्तले पुजाको फल नपाउने धार्मिक मान्यता रहेको र धार्मिक ग्रन्थ अनुसार पुजा गरिएको कार्यक्रमका संयोजक रत्नबहादुर ठकुरीले जानकारी दिएका छन ।

प्रमुख अतिथि पोखरा लेखनाथ महानगरपालिका बडा न ६ अध्यक्ष जगतबहादुर पहारी र विशेष अतिथि बडा न ७ का वडा अध्यक्ष रामचन्द्र बरालले सयुक्त बर र पिपलको बोटमा पानि हालि कार्यक्रमको उद्दघाटन गरेका थिए । अध्यक्ष जगतबहादुर पहारीले बर पिपल बृक्षले कार्वनडाई अक्साइड हानिकार ग्यासलाई फिल्टर गर्ने र मानब र जतगका लागि नभइ नहुने अक्सिज ग्यास फाल्ने हुदा यो वृक्ष धार्मिक र बैज्ञानिक हिसाबले अति महत्बपूर्ण रहेको बताउदै यसको संरक्षण सवै लाग्नु पर्नै बताएका छन ।

बर पिपललाई धार्मिक रितिरिवाज अनुसार विबाह गरि संरक्षण गरेकोमा आयोजकलाई धन्यबाद ब्यक्त गरेका थिए । विशेष अतिथि अध्यक्ष रामचन्द्र बरालले मानव स्वास्थ्थयका लागि नभई नहुने बर पिपललाई राज्यले संरक्षण गर्नु पर्ने विचार ब्यक्त गरे ।

संस्थाका अध्यक्ष तारानाथ लम्सालको सभाअध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेजबहादुर भट्टराई, कोषाअध्यक्ष सिता पान्डे, टोल समन्वय समिति बैदाम ६का अध्यक्ष गिरीराज अधिकारी, अन्नपूर्ण आधारभुत विद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष शिबजि कुवँर तेसै गरि शान्ति पाटन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मोहन कार्की र सचिब संगिता बराल लगाएतका बक्ताहरुले राज्यका अंगहरुले विकासको नाम बोटविरुवा र चौताराहरु भत्काउदै आएकोमा दुख ब्यक्त गर्दै, मानिस अक्सिजन विना एक पलमा बाच्न नसक्ने र तेही अक्सिजन उत्पादन गर्ने बर र पिपललाई संरक्षण गरेकोमा संस्थाको प्रशंसा गर्दै यस्ता कार्यक्रमको अरु संघ संस्थाहरुले पनि सिको गर्नु पर्ने भन्दै सुझाब दिएका थिए ।

कमेन्टहरु
Loading...