अन्तराष्ट्रिय अवार्डको प्रतिस्पर्धामा पोखराका शिक्षक घिमिरे, अनलाइन भोट गर्न पाइने (कसरी गर्ने भोट सहित )

पोखरा, ६ माघ/पोखरेली शिक्षक विश्वभरका शिक्षक सहभागी पियर्सन इएलटी टिचर अवार्ड २०१८ मा प्रतिस्पर्धाका लागि छनोट भएका छन् । पोखराको नदिपुरका ३७ वर्षिय वमानप्रसाद घिमीरे बेलायतमा प्रत्येक बर्ष प्रदान गरिने यस अवार्डकालागि पहिलो पटक नेपाली शिक्षक छानिएका हुन् ।

विद्यार्थीको उपलब्धि कसरी मुल्याङ्कन गर्नु हुन्छ र शिक्षक हुनुको सबै भन्दा राम्रो पक्ष कुन हो भन्ने प्रश्नको बारेमा उनले दिएको भिडीयो उत्तरको आधारमा घिमीरे प्रतिस्पर्धामा छानिएका हुन् । पोखराको मासवार स्थित मदरल्यान्ड माविका शिक्षक घिमीरे अंग्रेजी विषयका शिक्षक हुन् ।

यस अघि उनले सन् २०१४ मा अमेरिकी सरकारबाट ‘टिचर एक्सीलेन्सी’ अवार्ड सोही बर्ष २०१४ मै अष्ट्रेलिया सरकारले पनि उनलाई ‘उत्कृष्ट शिक्षक’ अवार्ड प्रदान गरिसकेको छ । सन् २०१६ मा अमेरिकावाट ‘फेड्रियल असिस्टेन’ अवार्ड पनि उनले पाइसकेका छन् । सन् २०१२ मा कास्की जिल्लाका उत्कृष्ट अंग्रेजी शिक्षकको अवार्ड पाएका घिमीरेले अमेरिका र अष्ट्रेलिया पुगेर त्यहाँका बिद्यार्थीलाई पढाइसकेका छन् ।

विश्वभरका एक सय भन्दा बढी शिक्षक प्रतस्पिर्धामा रहेको यस अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उनले पाउने भोटको आधारमा घिमिरेको जितहार हुने छ । माघ १० गते सम्म उनलाई भोट दिन सकिने छ । प्रतिस्पर्धामा सहभागी शिक्षकलाई भोट गर्न कुनै शुल्क नलाग्ने गरि आयोजकले व्यवस्था मिलाएको छ । उनलाई विजयी गराउन यस लिंकमा http://woobox.com/jx8ext/gallery/GW2BRzLx7_o क्लिक गर्नुहोला । उनी अहिले सम्मको भोटका आधारमा दोस्रो स्थानमा रहेका छन् । बेलायतको अंग्रेजी भाषा सिकाउने प्रख्यात संस्था पियर्सनले यो कार्यक्रमको संञ्चालन गरेको हो ।

 

कमेन्टहरु
Loading...