समाजसेवा बाल विकास क्लबलाई फर्नीचर सहयोग

पोखरा, ३० जेठ/समाजसेवा बाल विकास क्लब सल्यान ६ कास्कीलाई कार्य सञ्चालनका लागि शुभचिनतकले फर्निचर प्रदान गरेका छन् । भवन निर्माण भए पनि फर्निचर अभाव ईरहेका बेला विष्णु पोखरेलले करिव ३० हजार बराबरको फर्निचर साम्रागी सहयोग गरेका हुन् ।

सहयोग प्रदान कार्यक्रममा विष्णु पोखरेलका बुबा शशिधर पोखरेल तथा माता लक्ष्मी पोखरेलले क्लब का सदस्यहरू अमृत शर्मा, नमराज पोखरेल क्लबका शुभचिन्तक गोविन्द पौडेल तथा उजेली पौडेललाई हस्तारण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा क्लबलाई प्राप्त फर्निचर बुझ्दै सहयोगदातालाई क्लवले फर्निचरको अभाव भोगीरहेको समयमा यसरी सहयोग गरेकोमा हार्दिक धन्यवाद दिदै आगामी दिनमा सहयोगको अपेक्षा राखेको क्लब सदस्य अमृत पोखरेलले बताए। सहयोगदाताले बाल क्लबलाई सहयोग गर्न पाएकोमा खुशी भएको बताए।

कमेन्टहरु
Loading...