कुन्ती मलमा एनआईसी एशिया बैंकको एटिएम मेसिन

पोखरा, ६ भदौं / पोखराको पृथ्बीचोेकमा हालै नयाँ संरचनाका साथ संचालनमा आएको कुन्ती मलमा एनआईसी एशिया बैंकको एटिएम मेसिन संचालनमा आएको छ । मलमा सवै प्रकारको सेवा दिने उद्धेश्यले एटिएम मेसिन बिहीबार देखि संचालनमा आएको कुन्ती मल व्याबस्थापनले जनाएको छ ।

मलमा संचालन भएको एटिएम मेसिनको एक समारोहका बिच विहिबार बैंकका गण्डकी प्रादेशीक प्रमुख दिपेन्द्र शर्माले उद्घाटन गरेका हुन्। कार्यक्रममा बोल्दै प्रादेशीक प्रमुख शर्माले पोखरामा बैंकका ११ वटा शाखा रहेको र पोखरामा हाल १७ औं एटिमएम मेसिन संचालन भएको जनाए ।

समय सापेक्ष डिजिटल प्रविधिलाई प्रोत्साहन गर्न हाल बैंकले नयाँ खाता खोल्ने सेवाग्राहीलाई एटिएम र मोवाईल बैंकिङ सेवा निःशुल्क उपलब्ध गराएको शर्माले जनाए । देश भर उक्त बैंकको २ सय ९५ वटा शाखा कार्यालय र ३ सय ५० भन्दा बढी एटिएम मेसिन भएको बैंकले जनाएको छ ।

मलमा केही सटर तथा कार्यालय प्रयोजनको लागि प्रयोग गर्न सकिने मल संचालक मध्यका एक विवेक गुरुङले बताए । उनले भने “ पहिलो तलामा ८ वटा सटरको लागि मात्र बुकिङ खुल्ला रहेकोछ, दोश्रो तला कार्यालय प्रयोजनको लागि खुल्ला गरिएको छ । ” नुन देखि सुनसम्मका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध हुने उक्त मलमा करिब १ सय ३० वटा सटरहरु रहेको विवेक गुरुङले जनाए ।

संचालक इन्द्रकुमारी बजिमायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संचालकहरुमा प्रभु गुरुङ, निरन्जन बजिमाया लगायतले वोलेको व्यवसायी शबु पाठकले बताइन्। यसैबिच, नेपाली महिलाहरुको महान चाड हरितालिका तीज पर्वको अवसरमा तीज बिशेष कार्यक्रम समेत आयोजना गरिएको थियो । कार्यक्रममा मलका व्यवसायीहरु एक आपसमा शुभकामना आदान प्रदान गर्दै गरेका थिए ।

कमेन्टहरु
Loading...