सुनास खोजी पत्रकारिता पुरस्कार अर्जुन गिरीलाई

पोखरा, ३१ भदौ / सुनास खोजी पत्रकारीता पुरस्कार पत्रकार अर्जुन गिरीलाई प्रदान गर्ने भएको छ । भष्टाचार

विरुद्ध क्रियाशील सुनास कास्कीले यस बर्षको पुरस्कार पत्रकार गिरीलाई दिने भएको हो ।

पोखरामा विगत १० बर्ष देखि पत्रकारीता गर्दै आएका गिरी हाल ताण्डव न्यूज साप्ताहिक र ताण्डव न्यूज डटकम

मा सम्पादक रहेका छन् । विशेषगरि खोजमुलक समाचार लेख्ने पत्रकार गिरीलाई सुनासका पूर्व अध्यक्ष पुण्य

पौडेलको संयोजकत्वमा गठित छनौट समितिले पुरस्कारको लागि सिफरिस गरेको हो ।

छनोट समितिको सदस्यहरुमा पत्रकार महासंघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र कोपिला नेपालकी विना सिलवाल रहेका

थिए । भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस ९ डिसेम्बरमा पुरस्कारद्वारा सम्मान गरिने संयोजक पौडेलले जानकारी

दिए ।

कमेन्टहरु
Loading...