अपाङ्गको अधिकारको लागि जनवकालत अभियान

श्याम राना

पोखरा, १० साउन / अपांगको आवाज समावेशिकरणका लागि राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश समितिले साउन ६ गते देखि प्रदेश स्तरिय जनवकालत अभियान सुरु गरेको छ । देश संघिय संरचनामा गई सकेपछि प्रदेश स्तरिय नीति तथा कार्यक्रम निमार्ण भई रहेको अवस्थालाई मध्यनजर गर्दै अंपागको आवाज समावेशिकरण तथा अंपाग मैत्रि गराउन दबाबको लागि अंपाग महासंघ दातृ निकाय सीवीएमसँगको साझेदारीमा ७ वटै प्रदेशमा अभियान सञ्चालन गर्न लागेको संघले जनाएको छ ।

अंपागता भएका व्यक्तिले केहि गरुन भन्ने हेतुले अभियान सुरु गरेको अंपाग संघ गण्डकी प्रदेशका अध्यक्ष खोम प्रसाद शर्माले बताए । ‘अंपागता भएका व्यक्तिको लागि सवाल जवाफ गर्ने ठाउँ नै छैन,’ उनले भने, ‘ऐन, कानुन अंपागता मैत्री बनोस् भनेर पनि अभियान थालनी गरेका हौं ।’ प्रदेश सरकारलाई अंपागको हकहितको लागि थप क्रियाशिल बनाउन पनि आफूहरुले अभियान सुरु गरेको उनले सुनाए । ‘हामि नागरिक हौं, नागरिकसँग सरोकार राख्ने सबै कुरा अंपागमैत्रि बन्नु पर्छ ।’ उनले भने । उनले युवाहरुलाई विशेष प्राथमिकतामा राखेको बताए

नेपालमा पटक–पटक राजनैतिक व्यवस्था परिवर्तन भए पनि अंपागता भएका व्यक्तिको अवस्थामा भने कहिल्यै उल्लेखनिय परिवर्तन हुन नसकेको संघले विज्ञप्तिमा उल्लेख गरेको छ । विज्ञप्तिमा उल्लेख छ शुक्रवार सृजना चोकबाट ¥यालि निकालेर ¥यालि शहिद चोकमा पुगेर कोण सभामा परिणत हुने छ ।

१० सदस्यि पैरवि समुह निमार्ण गरी मुख्य मन्त्रीसहित सातै जना मन्त्री, पोखरा महानगरपालिका, राष्ट्रिय मानव अधिकार आयोग लगायतका सरोकारवाला निकायलाई ज्ञापन पत्र बुझाउने संघले जनाएको छ । कास्की, म्याग्दी, लमजुङका विभिन्न अपाङ्गको हकहितमा कार्यरत संस्थाका प्रतिनीधि सहभागि हुने बताइएको छ ।

 

 

कमेन्टहरु
Loading...