अन्नपूर्ण पदमार्गमा हिमपहिरो, ९ जना सम्र्पक विहिन

पोखरा, ४ माघ / हिमपहिरोमा परेर अन्नपूर्ण आधारशिविर (एबिसी) को पदमार्गमा ९ जना पर्यटक र पथप्रर्दशक सम्पर्क विहिन भएका छन् ।

चार जना नेपाली गाईड, चार जना कोरियन पर्यटक र एक जना चिनियाँ पर्यटक गरी ९ जना सम्र्पक विहिन भएको प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार दिउँसो देउराली र हिङ कु केभको बीचमा हिमपहिरो झरेपछि उनीहरु सम्र्पक विहिन भएका हुन् ।

लगातार हिमपातका कारण सञ्चारसम्पर्क नभएकोले पर्यटकको अवस्थाबारे जानकारी पाउन नसकेको कास्कीका डिएसपी तथा प्रवक्ता राजकुमार केसीले बताए । उनले प्रहरी टोली छुम्रुङबाट माथी लागि सकेको बताए ।

खोजीका लागि पोखराबाट हेलिकप्टर जाने तयारी गरेपनि मौषम खराबीका कारण जान नसकेको उनले बताए । एक्यापले पहिरो गएपछि देउराली भन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ ।

कमेन्टहरु
Loading...