जग्गा विवाद मिलेपछि सेदी सराङ्गकोट केबलकार बैशाखमा प्रविधिक परीक्षण

पोखरा, २३ माघ/ नेपाली नयाँ वर्षमा अन्नपुर्ण केबलकार प्रा.लिले केबलकारको प्राविधिक परीक्षण गर्ने भएको छ । प्रा.लि विरुद्ध सर्वोच्चमा मद्धा परे संगै अन्योलमा परेको सेदी देखि सराङ्गकोट केबलकारको बैशाखमा प्राविधिक परिक्षण गरिने भएको छ ।

केहि समय अघि सम्म अन्योलमा परेको केबलकारको सञ्चालनमा ल्याउनको लागि तयारी तिव्र गतिमा अघि बढेको छ । पिडित पक्षसंगको सहमति पछि केबलकार सञ्चालनको लागि बोटो खुलेको थियो ।

पोखरामा निमार्णाधीन केबलकारको करिब ९० प्रतिशत काम पुरा भएको छ । केबलकारको लागि सम्पुर्ण सामान आइपुगेको सञ्चालक मध्ये एक तीर्थराज त्रिपाठीले जानकारी दिए । उनले अब सबै जडान गर्ने काम मात्र बाँकी छ, भित्र तारको लठ्ठा हालिसकेर गण्डोला (बट्टा) जडान गरि प्राविधिक परीक्षण हुने बताए ।

उनले २४ घण्टा नै काम गरेर नयाँ वर्षमा कम्सेकम लट्टा झुण्डाएर गोण्डला राखि परिक्षणमा ल्याउने तयारी गरेको बताए । माथिल्लो स्टेसन र तल्लो स्टेसन सहित ९० प्रतिशत काम सम्पन्न भएको छ ।
३४ वटा बट्टा ( गोण्डला) क्षमता भएको केबलकारको लागि तत्काल ५० प्रतिशत मात्र बट्टा राखिने छ । प्रविधिक परिक्षणमा १८ वटा मात्र बट्टा राखिने छ जस्मा एउटा सामान बोक्नको लागि प्रयोग गरिने छ भने अन्य १७ वटामा यात्रु बोक्ने छ ।

“हामिले शुरुवातमा १८ वटा मात्र गोन्डला राख्ने छौ पछि यात्रुको चाप बढ्यो भने थप गोन्डला राख्ने छौ” त्रिपाठीले भने । सम्पुर्ण सामान साइडमा आइपुगेको छ अब जडान गर्ने कामहरु मात्र बाकिँ हो, अबको तिन हप्ता भित्र जापानबाट प्राविधिक टोली समेत आउने छ”त्रिपाठीले भने । अन्नपुर्ण केबलकार प्रा.लिको लागि सबै सामान जापानबाट ल्याइएको हो ।

जापानबाट ३ जनाको प्राविधिक टोली आउने छन् । जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार बैशाख भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तिव्र पारिएको त्रिपाठीले जानकारी दिए ।

माथिल्लो स्टेशन भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण हुदैँ छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण हुने भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रीकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकाले लागत बढेको उनले बताए ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षेमताको केबलकार निर्माण भएको उनले बताए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ ।

केवलकारको लागत करिब १ अर्ब ३१ करोड रुपैयाँ लाग्ने प्रालिका त्रिपाठीले जानकारी गराए । केवलकारले सनराईज बैंक तथा नेपाल राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानीमा निर्माण गरेको हो । केवलकार निर्माणले पोखराको पर्यटनमा नयाँ आयाम थपिने उनको दावी छ । आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकारबाटै मनोरम दृष्यावलोकन गर्न सहज हुने छ ।

कमेन्टहरु
Loading...