आनन्द ज्योति माबीमा श्रीमद भागवत महायज्ञ हुने

कृष्ण आचार्य,पोखरा, ७ भदौ /पोखरा ३१ बेगनासमा रहेको श्री आनन्द ज्योति माध्यमिक बिद्यालयमा श्रीमद भागवत ज्ञान एवं धन धान्यचल महायज्ञ हुने भएको छ । बिद्यालयले कृषि क्याम्पस निर्माण गर्ने उदेश्य राखेर आर्थिक संकलन गर्ने हेतुले आगामी फाल्गुन ९ गते देखि १७ गतेसम्म श्रीमद भागवत ज्ञान एवं धन धान्यचल महायज्ञ गर्ने निर्णय शुक्रबार आयोजित आम भेलाबाट गरेको हो ।

यस अघि १०+२ मा ब्यबस्थापन र प्राविधिक तर्फ बाली बिज्ञान (जेटीए) कार्यक्रम संचालन गरेको बिद्यालयले १०+२ र स्नातक तहमा कृषि कार्यक्रम थप गर्ने र कृषि क्याम्पस बनाउने उदेश्यका साथ आर्थिक संकलन गर्नका लागि महायज्ञ गर्न लागेको बिद्यालयका प्रधानध्यापक शिबराज अधिकारीले जानकारी दिए । धर्म संस्कारको संरक्षणका साथै बिद्यालयलाई आर्थिक संकलन पनि होस भनेर महायज्ञ गर्न लागिएको विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रुद्रनाथ अधिकारीले बताए ।

भेलामा बोल्दै ॐ बैधिक सनातन धर्म सेवा संरक्षण संस्थाका सहजकर्ता खगेन्द्र सुबेदीले उमेरको उतरार्धमा सबै जसो मानिस आध्यात्मिक बन्ने भन्दै मोक्ष प्राप्तीको लागि कलि युगमा महायज्ञको ठुलो महत्त्व रहने बताए । ” सत्य युगमा १०० प्रतिशत नै सत कर्म , त्रेता युगमा युगमा ७५ प्रतिशत सत कर्म , द्वापर युगमा आधा सत कर्म र कलि युगमा २५ प्रतिशत मात्रै सत कर्म हुने भएकोले यस कलियुगका मानिस र जिबको उन्मुक्तिका लागी महायज्ञले बिशेष अर्थ राख्ने गर्छ ” उनले भने ।धर्मका नाममा हुने गरेको राजनीति गलत रहेको सुबेदीको भनाई थियो ।

कार्यक्रममा ॐ बैधिक सनातन धर्म सेवा संरक्षण संस्था नेपालका गण्डकी प्रदेश प्रमुख जम बहादुर ( जे।बी) गुरुङले सनातन धर्मको संरक्षण र हिन्दु जागरण गराउने उदेश्यका साथै बिद्यालयलाई आर्थिक संकलन गराउन पनि महायज्ञ राम्रो माध्यम बन्ने बिचार ब्यक्त गरे ।

विद्यालय ब्यबस्थापन समिति अध्यक्ष रुद्रनाथ अधिकारीको अध्यक्षतामा सम्पन्न भेलामा सहभागीले विद्यालयको आर्थिक हैसियत माथी उकास्न महायज्ञ राम्रो माध्यम हुने भन्दै आफुहरुले खुलेर सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।बिद्यालयका प्रअ शिबराज अधिकारीले स्वागत गरेको कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गरेका थिए । भेलामा करिब दुई सय जनाको सहभागी रहेको थियो ।

भौतिक निर्माण

विद्यालयमा अहिले सांसद बिकाश कोष, पोखरा महानगरपालिका कार्यलय र वडा कार्यलयबाट प्राप्त ४१ लाख ४१ हजार रुपैयाँबाट कृषि क्याम्पसका लागि चाहिने भौतिक निर्माणको कामले तिब्रता पाएको छ ।

आनन्द ज्योति माबीमा श्रीमद भागवत महायज्ञ हुने
कमेन्टहरु
Loading...