पोखरामा बिमानस्थलमा जाइराेकप्टर दुर्घटना

पोखरा,२४ बैशाख/पोखरामा हेलिएअर कम्पनीको जाइराेकप्टर मंगलबार अवतरण गर्ने क्रममा दुर्घटना भएको छ । जाइराेकप्टर चालक फ्रान्सका ४५ वर्षीय एरिक र गैंडाकोट नगरपालिकाका नवलपरासीका यात्रु ३५ वर्षीय अनिश भट्टचन सवार थिए ।

दुर्घटनाबाट ठूलो क्षति भने नभएको पोखरा विमानस्थलका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए । ‘यात्रुको हातमा सानो चोट लागेको छ । चालकलाई केही पनि भएको छैन,’ उनले भने, ‘तत्काल उद्दार भएकाले ठूलो मानवीय क्षति हुन पाएन ।’

दिउँसो १ बजेर ४५ मिनेट जाँदा उडान भरेको जाइराेकप्टर २ बजेर १५ मिनेटमा विमानस्थलको पूर्वी धावनमार्गबाट अवतरण गर्ने क्रममा दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारी पौडेलले जानकारी दिए ।

दुई वटै पंखामा खराबी भएका कारण दुर्घटना भएको हुन सक्ने जिल्ला प्रहरी कास्कीका डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए । यसअघि पोखरा विमानस्थलबाट ३ ठूला अल्ट्रालाइट भएका थिए । उक्त दुर्घटनाबाट ३ विदेशी र २ नेपालीको ज्यान गइसकेको छ । ती सबै दुर्घटना एभिया क्लबले उडाउँदै आएको अल्ट्रालाइट थियो ।

कमेन्टहरु
Loading...