आमा मिलन केन्द्रमा ज्येष्ठ नागरिक दिवा समिति गठन

पोखरा, २४ असोज / आमा मिलन केन्द्र, कास्कीले आफ्नै भवनमा ज्येष्ठ नागरिक दिवा सेवा संचालन गर्ने भएको छ । उक्त कार्यको

लागि आमा मिलन केन्द्रले मंगलबार ज्येष्ठ नागरिक दिवा सेवा परिचालन तथा व्यवस्थापन समितिको गठन गरेको छ ।

केन्द्रकी अध्यक्ष ईन्दिरा पौडेलको प्रमुख संरक्षकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो । निर्मला घिमिरेको संयोजकत्वमा गठन

भएको दिवा सेवा व्यवस्थापन समितिको सह–संयोजकमा शेषबहादुर थापा र सदस्यहरु मिनबहादुर भुजेल, कमला श्रेष्ठ र मिना थापा छन् ।

उक्त समितिको सल्लाहकाहरुमा केशवराज ढकाल, चण्डीप्रसाद अर्याल, दुर्गा थापा, माया थापा, ध्रुबराज पौडेल र गंगा सुवेदी छन् । त्यस्तै,

मनोरञ्जन तथा संगीत उपसमितिमा संयोजक सन्तोष पराजुली, सह–संयोजकमा साबित्री घिमिरे र सदस्यहरुमा पदमपाणि भट्टराई, तुलसी

रिजाल, राधा सुवेदी छन् ।

उक्तअवसरमा नेपालीहरुको महान साँस्कृति चाडपर्वहरु दशैं तिहार, छठ र ईदको अवसरमा शुभकामना आदान प्रदानसमेत ग¥यो ।

कार्यक्रममा शेषबहादुर थापा, चण्डीप्रसाद अर्याल, संगीता तिमिल्सिना, कमला श्रेष्ठ, माया बस्नेत, ध्रुबराज पौडेल, निर्मला घिमिरे, गंगा

सुवेदी, केशव ढकाल र राजकुमामर मुल्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा पोखरा–८, की शान्ति तुलाचनले आमा मिलन केन्द्रको नवनिर्मित भवनका लागि केन्द्रकी कोषाध्यक्ष खुमा लम्साललाई

२५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिन् । केन्द्रकी अध्यक्ष ईन्दिरा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष निर्मला घिमिरेले

स्वागत र सचिव खुमा लम्सालले कार्यक्रम संचालन गरेकी थिइन् ।

०६७ सालबाट क्रियाशील आमा मिलन केन्द्रले महिला, बालबालिका, युवायुवति र ज्येष्ठ नागरिकबीच क्षमता अभिवृद्धि, समुदाय

परिचालन, प्रजनन, स्वास्थ्य, सीप विकासका क्षेत्रमा तालिम तथा गोष्ठीको आयोजना गर्दै आएको छ ।

ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्दै केन्द्रले उनीहरुलाई मनोरञ्जन, अनुभवको आदान प्रदान, धार्मिक र आध्यात्मिक प्रवचनका

कार्यक्रमहरु गर्दै आएको छ ।

कमेन्टहरु
Loading...