आचार्य बालकृष्णलाई पोखरामा स्वागत

पोखरा, १३ असोजः आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजलाई आज पोखरा महानगरपालिका – ३३ भरतपोखरीस्थित शान्ति उदय

मा.वि.मा भव्य स्वागत गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्मा

अर्याल सहित उहाँ विद्यालय परिसर पुग्नुभएको थियो ।

कार्यक्रममा मन्त्री अधिकारीले शान्ति उदय मा.वि. भौगोलिक अवस्थिति समेतका आधारमा आयुर्वेद शिक्षा विकासको सम्भावनायुक्त स्थल भएको

बताउँदै यसलाई आयुर्वेद शिक्षाको केन्द्र बनाउन सहयोग गर्न आग्रह गर्नुभयो । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा योग र

आयुर्वेदको विकासका लागि आँफूहरूको केही गरौं भन्ने सोच रहेको बताउँदै सबैको प्रयास भएमा लक्षित योजना सफल बन्ने धारणा राख्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशवराज लम्सालले अवधारणापत्र प्रस्तुत गर्दै विद्यालयलाई आयुर्वेद शिक्षाको केन्द्रका रुपमा

विकास गरी सहयोग पु¥याउन आग्रह गर्नुभयो ।

कमेन्टहरु
Loading...