ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चिनिया पर्यटको मृत्यु

पोखरा, २४ भदौ/ पोखराको जिरोकिलो मिटरमा ट्रकले मोटर साइकललाई ठक्कर दिदा एक पर्यटकको मृत्यु भएको छ ।

ना३ख २७९४ नम्बरको ट्रकले ग९प ८०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलको पछाडी बसेकी चिनिया पर्यटकको मृत्यु भएको हो ।

३२ वर्षिय हुजीको घटनास्थल मै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ट्रक र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्टहरु
Loading...