संघीयताका कारण गाउँ गाउँमा विकासको लहर —मुख्यमन्त्री गुरुङ

स्याङजा विरुवा, २३ मंसिर /गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय व्यवास्था लागु भएपछि अहिले गाउँ गाउँमा विकासका लहरहरु पुग्न थालेको बताएका छन् । बहुदल स्थापना पछिको ३० बर्षसम्म पनि जनताहरु विकासको प्रतिक्षामा बसेपनि दुर्गम क्षेत्रमा पुग्न नसकेको तर संघीयता लागु भएको २ बर्ष भित्र दुर्गम क्षेत्रमा विकासका लहरुहरु पुग्न थालेको उनले जिकिर गरे ।

स्याङजाको विरुवा गाउपालिका स्थित आम्बोटे पुल सिलान्यास र बास्तारा पुलको उदघाटन गर्न आइतबार विरुवा पुगेको मुख्यमन्त्री गुरुङले विरुवामा मात्र संघीयता आएपछि २ वटा पुल र अन्य थुपै्र विकासका योजनाहरु पाउनु यसको उदाहरण भएको बताए । उनले यस्ता विकासका कामहरु जनताले अझै पाउने समेत बताए ।

‘बहुदल आएको ३० बर्षसम्म तपाईले सरकारको यस्ता योजनाहरु पाउनुभएको थियो ? थिएन’ उनले भने ‘जति गर्नुभो तपाईहरु आफैले गर्नुभो, अब संघीयता देशमा आइसकेको छ, प्रदेश सरकार तपाइको हातमा हात र साथमा साथ हिड्न आतुर छ’ । संघीयता लागु भएपछिको पहिलो सरकार भएकाले आधार बनाउन केही समय लागे पनि अब भने प्रदेश सरकार नअल्मलिने बताए ।

उनले विरुवामा गाउपालिका ३ बर्ष भित्र प्रदेश सरकारले थप २ वटा पुल बनाउने दृढता समेत जनाए । ज्याग्दी खोला करिढोर र राङखोला विरुवा सडक स्तर उन्नति गरिदिने वाचा समेत गरे । मनाकामना डाडालाई प्रदेशको उत्कृष्ट गन्तव्यमा राखिने समेत बताए । मुख्यमन्त्री गुरुङले विकास विरोधी सवै शासन व्यवास्था जनताले फालिसकेको दृष्टान्त दिदै अब विकासको चरण सुरु भएको र त्यसमा सवै जनताले समेत साथ सहयोग रहनुपर्ने बताए ।

गाउ गाउमा कृषि आनुधिक कृषि प्राणालीमा जोड दिदै मुख्यमन्त्री गुरुङले यसका लागि प्रदेशले सवै बाताबरण बनाइदिन तयार रहेको बताए । ‘तपाईलाई कोल्ड स्टोर चाहिएला, तपाई विद्युत चाहिएला, तपाईलाई मोटरबाटो चाहिएला’ उनले थपे ‘जे जे पुर्वाधार चाहिन्छ त्यो हामी बनाइदिन्छौ तर तपाईले इलम गर्नुप¥यो, तपाईले जा“गर चलाउनुप¥यो कृषिमा विकास नभई हाम्रो समृद्ध हुन सक्दैनौ’ ।

प्रदेश सांसद दिपक चर्तीमगरले गाउपालिकाको प्रत्येक ठाउमा विकास पु¥याउन आफुहरु लागिपरेको बताए । तर उनले सवै ठाउमा विकास पुग्न समय लाग्ने भएको धैर्य गर्न आग्रह गरे । अर्का प्रदेश सांसद मिन प्रसाद गुरुङले अव सवै मिलेर विकासमा लाग्नुपर्ने बताए । जनताको साथ सहयोग रहेमा धेरै विकास संभव भएको बताउदै फरक आस्थाको भरमा आएका विकास निर्माणको विरोध गर्ने प्रवृत्ति त्याग्नुपर्ने उनले बताए । २ करोड २ लाखको लागतमा बास्तारा पुल निर्माण सम्पन्न भएको हो ।

कमेन्टहरु
Loading...