रंगशालाभित्र सेती नदीले बनाएको खोंच पुरियो

पोखरा, १३ मंसिर / एक महिनाअघिसम्म सेतीको गहिरो खोंच थियो । खोंच अहिले पुरिएको छ । महानगरपालिकाको चेन डोजर प्रयोग गरेर खोंच पुरिएको हो । पोखरा रंगशालाभित्र साढे दुई दशक अघि सेती नदीको पुल भत्किदाँ पुलदेखि दक्षिण तर्फ जमिन भासिएको थियो ।

भासिएको ठाँउमा झण्डै २८ लाख रुपैयाँ खर्च गरेर तारबार लगाइएको थियो । अहिले तारबार भत्काएर भासिएको ठाँउ पुरिएको छ । तारबार नदी किनारैमा लगेर लगाइएको छ । सेती खोंचमा सर्वसाधारण खस्ने जोखिम न्युनिकरण गर्न लगाइएको तारबारलाई १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताकै लागि व्युटिफिकेशनको नाममा पुरिएको हो ।

‘ठूलो पानी परेको अवस्थामा जमिन भत्किन सक्छ ।’ भुगोलविद डा. कृष्ण केसीले भने–‘खोंच पुरेर जोखिम नित्याउनु हुदैन् ।’ तत्कालिन समयमा पोखरा रंगशालादेखि दक्षिण तर्फ झण्डै सेती नदी किनार जोखिमयुक्त क्षेत्रमा तारबार लगाइएको थियो । विभिन्न संघसंस्थाको सहयोगमा तारबारी गरिएको थियो ।

‘खोंचमा डोजर लगाउनु हुदैन्थ्यो । ठूलो पानी परे भासिएर नोक्सानी हुन सक्छ’–उनले भने–‘त्यस तर्फ सचेत र गम्भीर हुन जरुरी छ ।’ उनका अनुसार जमिनको बेस नै नभएको ठाँउमा पुरेर राम्रो हुदैन् । ‘भासिएको जमिनको बेस हुदैन् । बेस नै नभएको ठाँउ पुर्दा पानीले भत्काउन सक्छ ।’ उनले सुनाए । नदी किनारदेखि झण्डै ५० मिटर पुर्व तर्फ भासिएर रंगशालाभित्र ठाँउ ठाउँमा खोंच परेको छ ।

खोंच पुर्न महानगरपालिकाले डोजर उपलब्ध गराएको छ । व्युटिफिकेशन गर्ने नाममा भाएिको जोखिम क्षेत्रमा जथाभावी डोजर चलाइएको छ । व्युटिफिकेशनमा नाममा हुनमान मन्दिर वरिपर पश्चिम र दक्षिण तर्फ डोजर लगाई सम्याइएको छ । रंगशालाको मुख्य प्रवेशद्वारसँगै रहेको ओम बुद्ध नर्सरीले सम्याउने काम गरेको हो ।

सम्याउने कामको निर्देशन भने राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङले दिएका हुन् । खोंचमा बोराका बोरा खरानी हाल्दै वरिपरीको जमिन कटान गरेर खोंच पुरिएको छ । पुर्ने कामले खर्च बढाईदिएको छ ।

कमेन्टहरु
Loading...