मानविय विकासका लागि मानव अधिकारकर्मीले पहल गर्नुस्ः सांसद कोइराला

पोखरा, २१ मंसिर / गण्डकी प्रदेश सभा सांसद प्रभा कोइरालाले भौतिक बिकाससंगै मानविय बिकास अबको आवश्यकता भएको बताउनु भएको छ ।

इन्सेक गण्डकी प्रदेश कार्यलयको आयोजनामा पोखरामा भएको परियोजना परिचयात्मक कार्यक्रम तथा मानवअधिकार समुह गठन कार्यक्रममा बोल्दै सांसद कोइरालाले मानविय बिकासका लागी सरकार भन्दा बढि नागरिक संवेदनशिल र सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।
मानवअधिकारका कुरा गरिरहंदा अधिकार र कर्तव्य दुवैलाई समान रुपमा अगाढी बढाउनुपर्ने उहाँको भनाई थियो ।

पोखरा महानगरपालिका कार्यपालीका सदस्य पुष्पा घले पहारीले मानवअधिकार समुहले सबैमा अधिकार र कर्तव्यका बारेमा चेतना बाढ्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश निर्देशक दिपकजंग ध्वज कार्कीले उपलब्ध स्रोत साधनको अधिकतम उपभोग गर्न सकिएन भने आर्थिक सामाजिक सांस्कृतिक अधिकार प्राप्त गर्न नसकिने बताउनुभयो ।

‘ आर्थिक सामाजिक सांस्कृतिक अधिकारलाई कार्यन्वयन गर्नका लागी राज्यले तथ्यांक संकलन गरि कार्यक्रम र निति तयार गर्नुपर्र्छ’,उहाँले भन्नुभयो । उहाँले मानवअधिकार आयोग मानवअधिकार समुहसंग समन्वय र सहकार्यका गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराका संयोजक विष्णु बरालले राज्य जहिल्यैपनि समाजको तल्लो तहमा रहेका वर्गको पक्षमा हुनुपर्ने बताउनु भयो । ‘समाजको तल्लो वर्गलाई लक्षित नगरीकन पहुँचका आधारमा ल्याइने निति र योजनाले परिर्वतन सम्भव छैन ’उहाँले भन्नुभयो ।

बरालले स्थानिय तह र प्रदेश सरकारले निति तथा योजना तय गर्ने विषयमा नागरिक समाजसंग समन्वय नगरेको गुनासो गर्नुभयो । गैरसरकारी संस्था महासंघ गण्डकी प्रदेश उपाध्यक्ष गोपाल खड्काले मूल्यांकन हुन सक्ने गरि काम गर्न मानवअधिकार समुहलाई आग्रह गर्नुभयो ।
परियोजनामा मात्रै रहेर काम गर्ने नभइ समग्र मानवअधिकारका विषयमा समुहले काम गर्न सके सकारात्मक परिर्वतन आउने उहाँको भनाइ थियो ।

पोखरा महानगरपालिका स्वास्थ्य शाखा प्रमुख गुरुदत्त शर्माले सेवा प्रवाह गर्दा भएका त्रुटिहरु मानवअधिकार समुहले अनुगमन गरि सुझाव र प्रतिक्रिया दिन आग्रह गरे । ‘हामीलाई थाहा भए नभएका कुराहरु यो गर्दा वा नगर्दा मानवअधिकारको रक्षा र हनन हुन्छ भनेर यहाँहरुले सुझाव दिनुपर्छ’ उहाँले भन्नुभयो,‘तपाईहरुले दिएका सुझावका कारण हामीलाई पनि योजना बनाउन सजिलो हुन्छ’ ।

पोखरा महानगरपालिका सामाजिक बिकास महाशाखा महिला तथा बालबालिका प्रमुख विष्णु पौडेलले मानवअधिकार समुहले सरकारी निकाय र जनप्रतिनिधीहरुलाई उत्तरदारी बनाउँदै सहकार्य र समन्वय गर्दै अगाडी बढ्ने अपेक्षा राखेको बताउनुभयो ।

उहाँले महाशाखा समुहले गर्ने हरेक कार्यक्रमहरुमा सकरात्मक सहयोगका लागी तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । इन्सेक गण्डकी प्रदेश संयोजक नागरिक तथा राजनितिक अधिकारलाई बलियो बनाउन आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको भुमिका महत्वपूर्ण रहने बताउनुभयो ।

कार्यक्रम संचालन भएका देशभरका ७० वटा स्थानिय तहबाट समग्र मुलुकलाई सकारात्मक प्रभावपार्ने हिसाबले आफ्ना कामहरुलाई अगाडी बढाउने उहाँले बताउनुभयो । यस्तै कार्यक्रमबाट श्यामनाथ कुँबरको संयोजकत्वमा मानवअधिकार समुह गठन गरिएको छ ।

समुहको सदस्यमा इन्दिरा पौडेल, मदन थापा , निर्मला अर्याल,रमेश सुवेदी,शंकर नेपाली,गुन्जन प्यासी,बिना लोहनी,सिर्जना लामिछाने, तारामाया थापा र ढाकाराम पौडेल रहनुभएको छ ।
संयोजक श्याम नाथ कुँबरले आर्थिक सामाजिक र सांस्कृतिक अधिकारका सवाललाई सामुहिक रुपमा प्रभावकारी ढंगबाट अगाडी बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कमेन्टहरु
Loading...