भरतपोखरीमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र भेटिएपछि विवाद

पोखरा, १४ मंसिर / पोखरा महानगरपालिका ३३ भरतपोखरीको बरपाण्डेथुम मतदानस्थलमा निर्वाचन अधिकृतले हस्ताक्षर नगरेको मतपत्र देखीपछि विवाद भएको छ ।

विवादका कारण केहीबेर मतदान स्थगित भएपनि सर्वदलीय बैठकले हस्ताक्षर नगरिएका मतपत्र भेटिए सदर गर्ने सहमतिपछि मतदान पुन सञ्चालन भएको छ ।

२ सय ४१ औं मतदाताले मत हाल्न खोज्दा हस्ताक्षर नभएको मत भेटिएको भन्दै विरोध र होहल्ला सुरु भएको थियो ।

कमेन्टहरु
Loading...