पोखरामा वडा अध्यक्षको गाडीमा बम विस्फोट (भिडियो सहित )

सागर राज तिमिल्सिना
पोखरा, ९ मंसिर / पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा अध्यक्ष शिव आचार्यको घर अगाडी पार्किङ गरेर राखीको गाडीमा बम विस्फोट भएको छ ।

आइतबार राती करिब २ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

अध्यक्ष आचार्यको पोखरा १७ विरौटामा रहेको घर अगाडी पार्किङमा रहेको ग २ च ४२६ नम्बरको हाइलक्स गाडीमा बम विस्फोट भएको हो । बम विस्पोटबाट गाडी कामै नलाग्ने गरि क्षती पुगेको छ ।

गाडीका तीन वटा टायर पनि पड्किएका छन् भने आगाडीको इन्जिन भएको भागमा बम विस्पोट भएका कारण इन्जितमा समेत क्षती भएको आचार्यले बताए । उनले राती सुती रहेको बेलामा ठुलो आवाज आए पछि आफुल थाहा पाएको बताए । कता के भयो भरेर हेर्दा आफ्नै गाडीमा बम पड्केको थाहा भएको बताए ।

बम कस्ले पड्काएको हो भन्ने खुल्न सकेको छैन । प्रहरीले घटनाको बारेमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

उपनिर्वाचनलाई लक्ष्त गरेर विप्लप माओवादीले बम पड्काएको हुन सक्ने प्रहरीको भनाई छ । घटनास्थलमा कास्की प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, कास्की प्रहरी प्रमुख दानबहादुर कार्की, डिएसपी कोमल शाह लगाएतले निरिक्षण गरेका छन् ।

कमेन्टहरु
Loading...