पोखरामा बम विस्फोट गराएको आशंकामा एक जना पक्राउ

पोखरा, ११ मंसिर / पोखरा नयाँ बजारमा बम विस्फोट गराएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी सभास्थल नजिकै बम विस्फोट हुँदा तीन जना घाइते भएका थिए ।

गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार पोखरा महानगरपालिका ९ स्थित प्रदर्शन केन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट गराएको आशंकामा एक जना पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेको नाम भने खुलाएको छैन ।

विस्फोटमा परि तीन जना सामान्य घाइते भएका छन् । घाइते मध्ये धनादेवि विकको टाउकोमा चोट लागेको छ । विस्फोटबाट पार्किङमा रहेको दुईवटा बसमा क्षती पुगेको छ ।

बसका सिसा फुटेको प्रहरीले जानकारी दिएको छ । घटनास्थलमा प्रहरी र शसस्त्रप्रहरीले घटनास्थललाई घेरा हालेर अनुसन्धान थालेको थियो ।

कमेन्टहरु
Loading...