पोखरामा आगलागी हुदाँ २ मोटरसाईकल र स्कुटर जल्यो

पोखरा, २४ मंसिर / पोखराको नयाँबजारमा आइतबार साझँ एक इलेक्ट्रिक पसलमा आगलागी भएको छ । विद्युत सर्ट हुदाँ आगोलागि भएको प्रहरीले जानकारी दिएको छ ।

नयाँ बजारको रवि एण्ड शनी पसलमा आगलागि भएको हो ।

आगलागीबाट ग ११ प ११७५ र ग १७ प ३८१०नम्बरको पल्सर बाईक तथा ग ६ प ३९३३ डियो स्कुटर जलेर ध्वस्त भएको छ ।

आल्मुनियम र इलेक्ट्रिक सामानमा पनि केहि मात्रामा क्षति पुगेको प्रहरीले जनाएको छ । आगो नियन्त्रण लिएको छ ।

कमेन्टहरु
Loading...