पोखराको बिन्धयबासिनी मन्दिरमा लिफ्ट निर्माण गरिने

पौष ५/बृद्धा एवम् अशक्तलाई लक्षित गरी उद्योग व्यवसाय क्षेत्रमा क्रियाशील लक्ष्मी ग्रुपले पोखराको बिन्ध्यवासिनी मन्दिरमा  लिफ्ट निर्माण गरिदिने भएको छ ।

लक्ष्मी ग्रुप ४५ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले करिब रु ८० लाखको लागतमा लिफ्ट निर्माण गर्न लागेको बताउनुभयो ।

लक्ष्मीग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ र बिन्ध्यवासिनी क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मीले लिफ्ट निर्माणसम्बन्धी सम्झौतामा संयुक्त हस्ताक्षर गर्नुभएको थियो ।

 उक्त संस्थाले सोही अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारलाई दुई लाख ५० हजार सहयोग उपलब्ध गराउने पनि जानकारी दिइएको थियो ।

कमेन्टहरु
Loading...