पोखराका २ वटा वडा मतगणना गर्दा दोब्बर मतले विद्या अगाडी

पोखरा, १५ मंसिर / कास्की निर्वाचन क्षेत्र नम्बर २ मा नेकपाकी विद्या भट्टराई पोखरा २ वटा वडाको मतगणना गर्दा दोब्बर बढि मतले विद्या अगाडी भएकी छन् ।

पोखराको वडा नम्बर ३३ र २१ को गणना गर्दा विद्या ३ हजार ७ सय १ मतान्तरले नेपाली काग्रेसका उमेदवार खेमराज पौडेल भन्दा अगाडी छन् ।

वडा नम्बर २१ मा विद्याको ३ हजार ५ सय १९ र खेमराजले ९ सय ७९ मत प्राप्त गरेका छन् । पोखरा ३३ को मतगणना सकिदा नेकपा उम्मेदवार विद्या भट्टराईले ३ हजार २ सय ७६ मत पाएकी छन् भने नेपाली काँगेसका खेमराज पौडेलले २ हजार १ सय १५ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ३३मा समाजवादी पार्टीका धर्मराज गुरुङले ९५ मत प्राप्त गरेका छन् भने राप्रपाका रोम बहादुर भण्डारीले ४७ र साझा पार्टीकी रजनी केसीले ३२ मत प्राप्त गरेका छन् ।

अहिले पोखरा २१ मतगणना भईरहेको छ भने वडा नम्रब १७ को रुजु भई रहेको छ । वडा नम्बर २१ मा ७ हजार ३ सय ७२ जना मतदाता रहेकोमा ४ हजार ७ सय ४२ मत खसेको थियो ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिकाका ११ वटा वडाहरु पर्दछन् । शनिबार भएको मतदानमा ४५ हजार ५ सय ६३ मत खसेको छ । कास्की–२ मा ७१ हजार ८ सय ७१ जना मतदाता छन् ।

कमेन्टहरु
Loading...