पत्रकार घर्तीमगर स्याङजामा सम्मानित

पोखरा, १५ पुस/ ‘दोस्रो लत्रेपीपल माझबिनी मेला–२०७५’ का अवसरमा पत्रकार मनोज घर्तीमगर सम्मानित भएका छन् । लत्रेपीपल क्लबले शनिबार चलेको मेलामा डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेर छुट्टै पहिचान बनाउन सफल भएको भन्दै सम्मान गरेको हो ।

नागरिक दैनिक÷शुक्रबार साप्ताहिकमा कार्यरत घर्तीमगरलाई कार्यक्रमका प्रमुख अतिथि ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनारले दोसल्ला ओढाएका थिए भने विशिष्ट अतिथि गोर्खा ब्रुअरीका सञ्चालक पृथ्वी थकालीले सम्मानपत्र प्रदान गरी सम्मानित गरेका थिए । यस्तै लत्रेपीपल क्लबका अध्यक्ष ध्रुव शर्माले मायाको चिनो प्रदान गरेका थिए ।

पत्रकार घर्तीमगरले खोजमूलक रिपोर्टिङमा विशेष दख्खल राख्छन् । फिचर लेखनमा राम्रो क्षमता भएका उनले पछिल्लो सयम कला÷साहित्य क्षेत्रसँग सम्बन्धित रहेर रिपोर्टिङ गर्छन् । ‘भर्तीको फन्दा’ किताब लेखिसकेका उनले सामाजिक विषयमा समेत कलम चलाउँदै आएका छन् ।

लत्रेपीपल क्लबले शनिबार स्याङ्जाको पुतलीबजार नरपालिका वडा नं. ३ लत्रेपीपल आयोजना भएको कार्यक्रममा दर्शकसँग कुनै शुल्क नलिएर मेला हेर्ने अवसर जुराइदिएको थियो । स्याङ्जामा हुने विभिन्न मेलामा टिकट नबेचेर गरिएको यो पहिलो कार्यक्रम हो ।

सांगीतिक कार्यक्रमको मेलो चर्चित लोक तथा दोहोरी गायक पशुपति शर्माले सुरु गरे । आफ्नै घर छेउको कार्यक्रममा स्टेज चढेका पशुपतिले आफ्ना चलेका÷नचलेका गीतका केही टुक्का गाए ।

कार्यक्रममा गायक रमेशराज भट्टाराई, राजन कार्की, घनश्याम रिजाल, सम्झना भण्डारी, तारा पौडेल श्रेष्ठ, लक्ष्मी नेपालीको प्रस्तुतिमा दर्शक नाचेका थिए । द्रगोल  लत्रेपीपल क्लबले गरेको दोस्रो संस्करणको मेलामा कार्यक्रम भव्य रुपमा सफल पार्न सहयोग गर्ने दर्शक, प्रायोजक, सहप्रायोजक र सहयोगीलाई क्लबका कोषाध्यक्ष मनोज मल्लले धन्यवाद दिए ।

कार्यक्रममा लत्रेपीपल क्लबका अध्यक्ष धु्रव शर्माले क्लबका तर्फबाट कार्यक्रमको मुख्य प्रायोजन गर्ने ढोरबाराही ज्वेलर्सका सञ्चालक बाबुराम सुनार र रामप्यारी सुनार, एभरेस्ट बु्रअरीका सञ्चालक पृथ्वी थकाली, अन्य प्रयोजक कलाकारहरुलाई मायाको चिनो दिएर सम्मान गरेका थिए ।

कमेन्टहरु
Loading...