कास्की २ मा ३० हजार मतगणना गर्दा विद्या ८ हजार बढि मतले अघि

पोखरा, १५ मंसिर/ कास्की क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजार ४ सय २६ मतान्तरले अग्रता लिएकी छन् ।

उनले नेपाली काग्रेसका उमेदवार खेमराज पौडेल सगँ मतान्तर बनाएकी हुन् । पोखरामा नगरपालिकाका ११ वडामध्ये अझै ५ वडा वडाको मतगणना हुन बाँकी छ ।

नेकपा उम्मेदवार विद्याले १७ हजार ६ सय ५० मत ल्याएकी छन् भने कांग्रेस उम्मेदवार खेमराज पौडेलले ९ हजार २ सय २४ मत ल्याएका छन् । ७१ हजार ८ सय ७१ मतदाता रहेको कास्की क्षेत्र नम्बर २ मा ४५ हजार ५ सय ६३ मात्र खसेको थियो ।

अहिलेसम्म ३० हजार ३ सय ५ मतगणना भइसकेको छ भने अब जम्मा १५ हजार २ सय ५८ मत मात्र गणना हुन बाँकी छ । वडा नम्बर ३३, २१, १७, २०, १६ र १५ को मत गणना भइसकेको छ भने ४, ७, ८, ९ र ११ वटा वडाको मतगणना बाँकी छ । अहिले ११ नम्बर वडाको मतगणना शुरु भएको छ ।

कमेन्टहरु
Loading...