कास्की २ मा २५ प्रतिशत मतखस्यो

पोखरा, १४ मंसिर / कास्कीको क्षेत्र नम्बर २ मा भईरहेको प्रनिधिसभा निर्वाचनमा बिहान ११ बजे सम्म २५ प्रतिशत मतखसेको छ ।

जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रवक्ता रुद्र न्यौपानेले दिएको जानकारी अनुसार ११ बजे सम्म २५ प्रतिशत मतखसेको जानकारी दिए ।

कास्की क्षेत्र नम्बर २ मा पोखरा महानगरपालिका ११ वडा कार्यालय पर्दछन् । ३२ वटा मतदानस्थलमा ८२ वटा केन्द्रबाट मतदाताले मतदान गरिरहेका छन् ।

यो क्षेत्रमा ७१ हजार ८ सय ७१ मतदाताहरु रहेका छन् ।

कमेन्टहरु
Loading...