कास्कीमा अहिले सम्म ६० प्रतिशत मत खस्यो

पोखरा, १४ मंसिर / कास्कीमा अहिलेसम्म ६० प्रतिशत मत खसेको छ । दिउँसो ४ बजेसम्म करिब ६० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए । अहिले भइरहेको मतदानका लागि कास्की निर्वाचन क्षेत्र नम्बर २ मा ३२ मतदान स्थल र ८२ मतदान केन्द्रमा मतदान जारी छ ।

उपनिर्वाचनका लागि कास्की–२ मा ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखराका ११ वटा वडा यो निर्वाचन क्षेत्रमा पर्दछन् । त्यसमा वडा नम्बर ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ रहेका छन् । कास्कीमा २१ जना उम्मेदवार चुनावी मैदानमा छन् । त्यसमा ११ जना दलीय र १० जना स्वतन्त्र छन् ।

कास्की २ मा नेपाल कम्युनिस्ट पाटी (नेकपा) का तर्फबाट विद्या भट्टराई, काँग्रेसका तर्फबाट खेमराज पौडेल, साझा पार्टीबाट रजनी केसी, समाजवादी पार्टीबाट धर्मराज गुरुङ, राप्रपाबाट रोमबहादुर भण्डारी, देशभक्त समाजबाट वीरबहादुर विश्वकर्मा, नेपाली काँग्रेस (विपी) बाट चन्द्र बहादुर रानाभाट, मंगोल नेशनल अर्गनाइजेसनबाट रियाज गुरुङ, नेपाल कम्युनिष्ट पार्टी मालेबाट टेकनाथ भण्डारी, राष्ट्रिय जनमुिक्त पार्टीबाट पूर्ण बहादुर राना, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट गंगा मल्ल चुनावी मैदानमा छन् ।

त्यसै गरि स्वतन्त्रमा उमनाथ गौतम, कमल जङ्ग कुँवर, जमुना शर्मा, दिपक रेग्मी, नबराज बास्तोला, यज्ञ प्रसाद पंगेनी, रन बहादुर दमै, लक्ष्मी कुमारी भुजेल, सुनिल बहादुर कोइराला र सुनिल भुसाल छन् ।

कमेन्टहरु
Loading...