पोखरमा हुने योग शिविरको तयारी पुरा

सागर राज तिमिल्सिना
पोखरा, ११ चैत्र/रोटरी क्लब अफ पोखरा न्युरोडको आयोजनामा हुने पाँच दिने योग शिविरको तयारी पुरा भएको जानकारी दिएको छ । आज पोखरामा पत्रकार सम्मेलनको आयोजना गरि चैत्र १३ देखि १७ गते सम्म हुने योग शिविरको तयारी पुरा भएको जानकारी दिएको हो । पोखरा प्रर्दशनी केन्द्रमा हुने योग शिविरमा विहान ५ बजे देखि ७ बजे सम्म सन्चालन हुने बृहत योग शिविर आयोजक समितिका मिडिया तथा प्रचारप्रसार समितिका संयोजक रविप्रदास बरालले जानकारी दिए । शारीरिक एवम् मानसिक अभ्यास मार्फत शरीर, मस्तिक र हृदयको उचित समायोजन गराई व्यक्ति सम्पुर्ण रुपमा स्वस्थ्य रहन सहयोग पु¥याउने उद्देश्यले सन्चालन गर्न लागीको शिविरमा योग गुरु ललितशंकर योगीले जीवनउपयोगी प्रवचन सहित शिविर सन्चानल गर्ने बरालले बताए ।

शिविर सन्चालनबाट करिब १० लाख आम्दानी र ८ लाख खर्च हुने आयोजकको अनुमान रहेको छ । शिविरमा दैनिक ३ हजार देखि ५ हजार सम्मको सहभागीता रहने आयोजकको अनुमान छ । शिविरमा विद्यार्थीहरुलाई निःशुल्क प्रवेश रहेको आयोजकको भनाई छ ।

कमेन्टहरु
Loading...