उर्जा, पूर्वाधार र कृषिमा बढी बजेट !,कुनै दस्ताको भरमा देश बन्दैन ः डा. नेपाल

पोखरा, २६ जेठ/अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार चीरञ्जिवी नेपालले आगामी बजेटमा उर्जा, पूर्वाधार निर्माण र कृषिमा बढी बजेट विनियोजन हुने बताएका छन् । ‘हिजोको दिनमा जसरी मनपरी बजेट छरिन्थ्यो, अहिले छँरिदैन, अर्थमन्त्रालय तथा पोखरा उद्योग बाणिज्य संघको आयोजनामा आइतबार पोखरामा भएको आर्थिक वर्ष २०७०÷०७१ को पूर्व बजेट छलफल कार्यक्रममा उनले भने,‘अर्थतन्त्रले चाहेको ठाउँमा मनग्य बजेट जान्छ, यो सरकार पपुलिष्ट बजेट ल्याउन बाध्य छैन ।’बजेट सरल र निजी क्षेत्र मैत्री हुने उनले स्पष्ट पारे ।

अहिले देशमा रहेका जम्मा ३ प्रतिशत जनसंख्या अर्थात ३ लाखले मात्र कर तिर्ने गरेको र सोही करले देश चलाउनु गाह्रो काम भएको उनको भनाई थियो । देशमा अहिले कूल जनसंख्याको झण्डै ५७ प्रतिशत जनसंख्या उच्च श्रमशक्तियुक्त रहेको जानकारी दिँदै उनले त्यो जनसंख्या विदेशिनु सबैभन्दा दुःखलाग्दो विषय भएको उनले प्रष्ट पारे ।‘ रेमिट्यान्सले देश चल्दैन, यो त मन्दविष हो ।’–उनले थपे । केही वर्षयता निजी क्षेत्रलाई नीतिगत रुपमै बाहिर राखिएकोमा असन्तुष्टी व्यक्त गर्दै उनले निजी क्षेत्रलाई साथ नलिई देशको अर्थतन्त्र माथि नजाने ठोकुवा गरे ।

एकिकृत माओवादीले आफ्ना कार्यकर्तालाई उत्पादन र निर्माणमा कार्यमा लगाउने घोषणा गरेकोमा तीव्र असन्तुष्टी जनाउँदै उनले ‘कुनै पनि दस्ता’ले देश नबनाउने ठोकुवा गरे । संसारमा कुन देशमा आर्मी र पुलिसले अािर्थक विकास गरेको छ भन्ने प्रश्न गर्दै उनले भने–‘ विल गेट्स, वारेन वफेट, बिनोद चौधरी, चन्द्र खनाल वा पोखराको सुजल दूधको कुनै बिग्रेड छ र ?’ भारत र चीन निजी क्षेत्रलाई सँगै लिएर र व्यक्तिको सम्पतिको सुरक्षामा उदार भएकाले नै त्यहाँ विकास सम्भव भएको उनको भनाई थियो ।

एकिकृत माओवादीले जत्था बनाउने घोषणा गरे पनि त्यसको निजी क्षेत्रबा ट बिरोध नभएकोमा उनले आपत्ति जनाए । आगामी बजेटले सम्पतिको सुरक्षामा ध्यान दिने उनको भनाइ थियो । निजी क्षेत्रलाई प्रतिष्पर्धी क्षमता विकास गर्न अर्काको गोटी बन्न छाड्न उनले सुझाव दिए । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले सरकारले विकासका लागि छुट्याइएको बजेट खर्च गर्न नसक्नु दुर्भाग्यपूर्ण भएको बताउँदै खर्च गर्ने क्षमता बिस्तार गर्न सरकारलाई सुझाव दिए । सुशासन भएमात्र बजेट कार्यान्वयन हुने उनको ठहर थियो ।

उनले एकिकृत माओवादीले अघी सारेको उत्पादन र निर्माण नीतिले राजश्व चुवावट बढ्ने ठोकुवा गरे । पोखरा लुम्बिनी फाष्ट ट्रयाक, कालीगण्डकी करिडोर, बाग्लुङ–ढोरपाटन बाटोको स्तरोन्नति, क्षेत्रीय संग्रहालयको ब्यवस्थापन, साइकल ट्रेलको लागि बजेट निकासा जस्ता विषयमा पनि ध्यान दिन उनले आग्रह गरे ।

कमेन्टहरु
Loading...