अपरमादीमा पहिरोे, एक मजदुर पुरिए, ६ जनालाई सकुसल निकालीयो

गोकुल बानियाँ /पोखरा २० भदौ । कास्कीको सिन्दुजुरेमा निर्माणधिन अपरमादी जलबिद्युत आयोजनामा पहिरो जादा एक मजदुर पुरिएका छन् । सिन्दुजुरे गाबिस ४ चाँसु स्थित आयोजना माथिबाट आएको पहिरोमा पुरिएर अन्दाजी ४५ बर्षिय ईलेक्टिसियन सुकदेब भट्टराई पुरिएको स्थानिय गुन प्रसाद बरालले बताए । आज बिहान सवा ८ बजे करिब २ सय ५० मिटर माथि रहेको डाडा पुरै खस्दा कति मजदुर पुरिए भन्ने एकिन गर्न सकिएको छैन ।

जेनेरेटर रुपमा रहेका भट्टराई जेनेरेटर बन्द गरी भाग्दै गर्दा पहिरोमा पुरिएका उनले बताए । आयोजनाको सुरुङ भित्र रहेका ८ जना मध्य २ जना भाग्न सफल भएको र ६ जनालाई सकुसलबाट खनेर बाहिर निकालिएको छ । पहिरोले सुरुङ नभासिएका कारण भित्र रहेका मजदुर सकुसल रहेको बरालले बताए ।
पहिरोका कारण ३ वटा जेनेरेटर, २ वटा कम्प्रेसर मेसिन, सानो सर्किट मेसिन, केवल लगायतका सबै सामान पुरेको छ । पहिरोमाथि रहेको एक घर पनि जोखिममा छ । ठुलो पहिरो खसेका कारण ५ वटा एक्साभेटर लगाए पनि पहिरो हटाउन ५ दिन लाग्ने अनुमान गरिएको छ । यसअघि जोखिम नरहेको ठाउमा आयोजनाको सुरुङ निर्माणको क्रममा गराईएको बिष्फोटको कम्पनले पहिरो खसेको हुनसक्ने आशंका गरिएको छ । आयोजनास्थल पोखराबाट २५ किलोमिटर टाढा छ ।

निर्माणधिन २५ मेगावाट क्षमताको आयोजना गत पुष महिनामा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शिलान्यास गरेका थिए । आयोजनामा नेपाली बिजय मल्ल र चिन सरकारको लगानी छ । चाईना ईन्टरनेशनल वाटर एण्ड ईलेक्ट्रिक कर्पोरेशनको निगरानीमा सिनो हाईड्रोपावरले आयोजनाको निर्माणकार्य जारी राखेको छ ।

कमेन्टहरु
Loading...