उज्यालो यातायातले बैशाख ९ देखी पोखराबाट सेवा दिने

पोखरा, ६ बैशाख/उज्यालो यातायातले पोखरालाई केन्द्र बनाएर यातायात सञ्चालन गर्ने भएको छ । यातायात सञ्चलाक समितिले सोमबार पोखरामा पत्रकार सम्मेलन गरि बैशाख ९ गते देखि यातायात सञ्चालन गर्ने जानकारी दिएको हो ।

पोखराबाट काठमाण्डौ, बिराटनगर, सुनौली, धनगढी, काकरभिट्टा, नेपालगञ्ज , धरान र मुस्ताङ रुटमा सञ्चालन गर्ने गरी तत्काल १२ वटा सुविधायुक्त बस तयारी अबस्थामा रहेको उज्यालो यातायात समितिका सचिव केवल राम राईले जानकारी दिए ।

पूर्वको झापालाई केन्द्र बनाएर सञ्चालन गरिएको यातायात समिति अन्तर्गतका बस मोरङ, इलाम, पाँचथर, फिदिम, ताप्लेजुङ, धनगढी र काडमाण्डौ रुटमा सञ्चालन भैरहेको छ । बैशाख ९ गतेदेखि पोखरा काकरभिट्ट रुटमा बस सञ्चालन सुरु गर्नेगरी पोखरामा शाखा कार्यालय विस्तार गरिएको पोखरा स्थित शाखाका अध्यक्ष नल वहादुर गुरुङले जानकारी दिए । नयाँ समितिले प्रचलित भाडादरमा पाँच प्रतिशत छुट दिने जनाएको छ ।

नयाँ समितिले यातायात व्यवसायीको विचमा आपसी विवाद र झडप हुनेगरी कुनैपनि कार्य नगर्ने र नयाँ समितिको कारण पुरानो समितिका मजदुर विस्थापित हुन परे त्यसको जिम्मेवारी आफुहरुले लिने प्रतिबद्धता जनाएको छ । काकरभिट्टा देखि पोखरा हुदै बाग्लुङ सम्म रुट अनुमति प्राप्त गरेपनि गाडी सञ्चालन गर्न नपाएको राईले गुनासो गरे ।

समितिको मे १ ख २०९८ र मे १ ख २०९९ नम्बरको दुई वटा बसले गत फागुन ३० गते रुट अनुमति पाएको थियो । तर जिल्ला प्रशासन कार्यालय कास्कीमा फागुन ६ गते बसेको सर्वदलिय बैंठकले तत्काल नयाँ गाडी सञ्चालन नगर्ने निर्णय गरेपछि परेको रिटमा सर्वोच्चले चैत्र २३ गते बैंठकको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो

कमेन्टहरु
Loading...