उदयपुरमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ११० पुग्यो

पोखरा, २७ वैशाख / उदयपुरमा थप १ जना महिलामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएपछि नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ ।

शनिबार भएको स्वाब परीक्षण्मा १ जनामा कोरोना पुष्टि भएको हो । उदयपुरमा शनिबार विहान पनि ३ जनामो कोरोना पुष्टि भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय १० पुगेको छ भने ३१ जना निको भएर घर फर्किएका छन् ।

कमेन्टहरु
Loading...