शिक्षकद्धारा विद्यार्थी निर्धात कुटिए

पोखरा, ५ भाद्र /पोखराको पार्दीमा रहेको विद्यानिकेतन बोर्डिङ स्कुलका शिक्षकबाट एक बिद्यार्थी निर्धात कुटिएका छन । होस्टेल वार्डेन समेत रहेका शिक्षक सुनिल नेपालले कक्षा ९ मा अध्ययनरत सुभास वानियालाई निर्धात कुटेको पिडित वानियाले बताएका छन । पोखरा घारीपाटन घर भएका बिद्यार्थी वानियाको शरीरै भरी निल डाम रहेको छ ।

कुटिएका वानियालाई शिक्षकले मंगलबार विहान वाँसको लाठी तथा लात्तीले हानेको पिडित .वानियाले बताएका छन । उनले आफ्नो अर्को साथीलाई समेत शिक्षकले कुटपिट गरेको बताए । पिटिए पछि कक्षामा पढ्न जान खोज्दा समेत पढ्न जान शिक्षकले नदिएको वानियाले बताए । बिद्यालयका प्रिन्सिपल धिरेन कार्कीले बिद्यालयमा शनिबार बैठक बसेर उत्त घटनाको बारेमा छलफल गरी शिक्षकलाई कार्रबाही गर्ने बताए ।

शिक्षक नेपालले बिद्यालय तथा होस्टेलमा आएर अनावश्वक होहल्ला गराउने वानियाले आफन्त ल्यायर
बिद्यालयका बिद्यार्थी कुटेकोले आफुले उनलाई सम्झाउन एक दुई झापड हानेको बताए । बानियाँका आफन्तले सोमबार विद्यालयको होस्टेलमा बस्ने एक विद्यार्थीलाई कुटेकोपछि उत्पन्न विवादमा शिक्षकले सुभाषलाई मंगलबार कुटपिट गरेको सुवासका आफ्न्तले बताएका छन । प्रहरीले शिक्षकलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो ।

कमेन्टहरु
Loading...