स्व.अमन गुरुङ सेभेन ए साइड फुटवल प्रतियोगिता जारी

दिननाथ बराल/पोखरा, ४ जेठ/मध्यपुर युथ एसोसियसनका स्टाईकर राजकुमार घिसिङको ह्याट्रिकको मद्धतले आयोजक भ्याली स्पोटर्स क्लव (पहेलोे) पोखरामा जारी स्वर्गीय अमन गुरुङ सेभेन ए साईड फुटवल प्रतियोगिता अन्र्तगत सुक्रबार भएको खेलमा जित हासिल गरेको छ । पोखरा रंगशालामा भएको खेल मैदानमा आयोजकले नेपाल मुस्लीम क्लबलाई ३–० ले पराजित गरी दोश्रो चरणमा स्थान बनाएको हो । सुक्रबार १० वटा खेलहरु सम्पन्न भएकाछन ।

सुक्रबारको पहिलो खेलमा योर्स टे«निङ रंगशालाले डल्फीन व्वाइज क्लब रामबजारलाई २–० ले पराजित गरेको हो । योर्सको जितमा लक्की गुरुङ र सुनम पुनले एक एक गोल गरे । पुनले पेनाल्टी मार्फत गोल गरेका हुन । विनोद विष्ट, सुमन खड्का र रमेश परियारको एक एक गोलको मद्धतले अम्मरसिंह व्वाईज क्लब बीले बैदाम युवा क्लब माथि ३–० को शान्दार जित हासिल गरेको हो । अमन दुराको ह्याट्रिक र याम कार्कीको एक गोलको मद्धतले तेश्रो खेलमा अम्मरसिंह व्वाईज क्लब एले कमल पोखरी बी १३ लाई ४–० ले पन्छायो । सुवास तामाङ र अरुण केसीको एक एक गोलको मद्धतले संगम क्लव बीले नयाँ गाँउ युथ क्लवलाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।

हिमशिखर लामाचौरले संगम क्लब एलाई टाईब्रेकरमा ३–२ को गोल अन्तरले पराजित गर्यो । निधिरित समयमा हिमहिखरका सुनम गुरुङ र संगमका विमल रानाले एक एक गोल गर्दा खेल टाईब्रेकरमा धकेलिएको हो । तेन्जीङ र युगेलको एक एक गोलको मद्धतले डेभिड फल्स युथ क्लवले के.एफ.सी.लाई २–० ले यात्रा समाप्त पार्यो । गार्डेन एफ.सी.ले रि–युनाईटेडलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । गार्डेनको जितमा कुमार गुरुङले दुइ र सुरज शाहि, सुविन गुरुङ तथा आर्दश शाहिले एक एक गोल गरे ।

एल.जी.एसोसियसनले पोखरा ट्रेनिङलाई टाइब्रेकरमा ३–१ को गोल अन्तरले यात्रा टुङगायो । एल. जी.का प्रविन वानियाले र पोखरा ट्रेनिङका मनोज पाण्डेले निर्धारित समयमा एक एक गोल गर्दा खेल टाईब्रेकरमा धकेलिएको हो । सुक्रबारको अन्तीम खेलमा युनाईटेड क्लवले एन.वाइ.सी. रत्नचोकलाई २–० ले पराजित गर्यो । युनाईटेडको जितमा दिलिप श्रेष्ठ र रिदेश गुरुङले एक एक गोल गरे । शनिबार ९ खेल हुने भएको आयोजकले जनाएको छ ।

सहारा युकेका सल्लाहकार लालकाजी गुरुङले क्लवलाई १५ हजार सहयोग गर्नु भएको क्लबका सचिव सम्मर बहादुर श्रेष्ठले बताए । क्लबले वेलायतको ईन्टेक ०६ व्रिगेड अफ गोर्खाजका अध्यक्ष दुर्गा पुनलाई खादा लगायर सम्मान गरेको छ ।

कमेन्टहरु
Loading...