पश्चिमाञ्चलको हक्की टोलीलाई विदाई

पोखरा, २२ माघ/माघ २३ देखि २७ गतेसम्म विरगन्जमा संचालन हुन लागेको राष्ट्रिय हक्की प्रतियोगितमा सहभागि हुने पश्चिमाञ्चलको हक्की टोलीलाई आज पोखरामा विदाई गरीएको छ ।

प्रशिक्षक अस्विनि अधिकारी सहितको २२ सदस्यीय टोलीलाई पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समिति पोखराका कार्यालय प्रमुख डेमबहादुर बस्नेत, प्रशिक्षक प्रमुख बिद्या मस्र्यानी, प्रसासकीय अकिृत कृष्णराज खनाल लगायतले अविर तथा खादा लगायर सफलताको कामना गर्दै विदाई गरेका हुन ।

पश्चिमान्चलको टोलीमा भरतराज पौडेल (कप्तान), अकास गुरुङ, दुधप्रसाद गुरुङ, सुर्दश गुरुङ, नविन गुरुङ, सोमबहादुर थापा, ज्ञानुविक्रम शाही, एमन रसाईली, इन्द्र पुन, सौरव चौधरी, विप्लव गिरी, ईश्वर परियार, रोसन गुरुङ, नविन धमाल, सचिन भण्डारी, सविन राना, निर्विक गुरुङ र विवेक फगामी रहेका छन । टिम व्याबस्थापकमा जिवन वाटाजु रहेका छन् ।

कमेन्टहरु
Loading...