एसईई नतिजा आज सार्वजनिक हुदै

काठमाडौँ, ९ असार /चैतमा राष्ट्रिय परीक्षा बोर्डले लिएको माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा आज केहीबेरमा सार्वजनिक गर्दैछ ।

नतिजा प्रकासनका लागि सम्पूर्ण तयारी सकिएकाले केहीबेरमा नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि बोर्ड बैठक बसिरहेको छ।

गतवर्षको एसईईपरीक्षामा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी सहभागी भएको बोर्डले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...