कास्कीमा समानुपातिकको मतगणना सकियो, एमाले अगाडी

सागर राज तिमिल्सिना
पोखरा, ८ मंसिर/संविधानसभा निर्वाचनमा कास्कीका विभिन्न केन्द्रमा झरेका समानुपातिकतर्फको मतगणना सकिएको छ । शुक्रबारबाट मतगणना शुरु भएको थियो । कुल १ लाख ८८ हजार ४ सय ९७ समानुपातिक तर्फ मतदान भएको थियो । त्यस मध्ये ३ हजार ७ सय २८ मत बदर भएको छ । जस मध्ये कास्कीमा एमाललेले ५० हजार ५ सय ४० मत सहित पहिलो स्थानमा छ । त्यसै गरि नेपाली काग्रेस ४८ हजरा ७ सय ५४ मत सहित दोस्रो स्थानमा रहेको छ ।

samanupatik-kaski-ca-electionएमाओवादीले २३ हजार २ सय ९१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेको छ । त्यसै गरि राप्रपा नेपालले ८ हजार १ सय ४६ मत ल्याएको छ भने अखण्ड नेपालले ६ हजार ९९ र संघिय समाजवादी पार्टीले ५ हजार २ सय ८६ मत प्राप्त गरेको छ ।मतगणनाको अन्तिम नतिजा अनुसार क्षेत्र नम्बर एकमा नेपाली काँग्रेस १५ हजार ६ सय ४७ मत सहित अगाडी छ । एमालेले १५ हजार ६३ मत लिएको छ भने एमाओबादीले ६ हजार २ सय ३२ मत सहित तेस्रो स्थानमा छ । त्यस्तै राप्रपा नेपालको पक्षमा १४ सय ६४ मत खसेको छ भने अखण्ड नेपालको १ हजार ७ र संघिय समाजबादीको ८ सय २० मत खसेको छ । क्षेत्र नम्बर एकमा ४२ हजार ९ सय ९६ मत सदर भएको थियो भने ८ सय ४२ मत बदर भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

त्यस्तै क्षेत्र नम्बर २ मा पनि १० हजार ६५ मत सहित नेपाली काँग्रेस अगाडी छ । त्यस्तै ९ हजार ७ सय ९८ मत सहित नेकपा एमाले दोस्रो, ५ हजार १ सय १३ मत सहित एमाओबादी तेस्रो, २९ सय २३ मत सहित अखण्ड नेपाल चौथो, २८ सय ९७ मत सहित राप्रपा नेपाल पाँचौ र २१ सय ४७ मत सहित संघिय समाजबादी छैठौँ स्थानमा छ । क्षेत्र नम्बर २ मा ३८ हजार १ सय ४३ मत सदर भएकोमा ९ सय ९९ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

उता क्षेत्र नम्बर तीनमा भने ११ हजार ४ सय ७५ मत सहित एमाले अगाडी भएको छ । त्यस्तै नेपाली काँग्रेस १० हजार ४ सय ३ मत सहित दोस्रो स्थानमा छ भने ४ हजार ७ सय १ मत सहित एमाओबादी तेस्रोमा छ । त्यसैगरि २५ सय ६८ मत सहित राप्रपा नेपाल चौथो र ९ सय २६ मत सहित अखण्ड नेपाल पाँचौ स्थानमा छन् । क्षेत्र नम्बर तीनमा ३३ हजार २ सय ७९ मत सदर भएको र ६ सय २५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।

त्यसै गरि क्षेत्र नम्वर ४ मा पनि एमाले नै अगाडी देखिएको छ । एमालले १४ हजार २ सय ४, नेपाली काग्रसले १२ हजार ६ सय ३९, एमाओवादी ७ हजार २ सय ५५, अखण्ड नेपालले १ हजार २ सय ४३, राप्रपा नेपालले १ हजार २ १७, संघिय समाजवादिले ८ सय ३२ मत प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर चारमा कुल ४० हजार ४ सय ७१ मत समानुपातिकमा खसेको थियो भने जस मध्ये १ हजार २ सय ६२ बदर भएको थियो ।

कास्कीका चारवटा क्षेत्रमा भएको प्रत्यक्षतर्फको मतगणनाको आधारमा क्षेत्र नम्बर १ र २ मा काँग्रेसका उम्मेदवार विजयी भए । त्यस्तै क्षेत्र नम्बर ३ र चारमा एमालेका उम्मेदवारहरुले सफलता प्राप्त गरे । एनेककपा माओबादीले भने कास्कीको कुनै क्षेत्रमा पनि विजयी नतिजा निकाल्न सकेन ।

कमेन्टहरु
Loading...