प्रतिष्ठानद्धारा पर्वतका पाँच स्रष्टा सम्मानित

पर्वतका पाँच पुराना स्रष्टाहरु शनिवार एक कार्यक्रमकाबीच सम्मानित भएका छन् । आदिकवि भानुभक्त आचार्यको दुई सतबार्षिकको अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान पोखराको आयोजना र पर्वत वाङमय प्रतिष्ठान पर्वतको सह–आयोजनामा पर्वतका पाँच स्रष्टाहरु सम्मानित भएका हुन् । लोक संस्कृति तथा साहित्यिक फाँटमा शान्तिनारायण श्रेष्ठ, लोक संस्कृति, वाङ्मयिक एवं साहित्यक पत्रकारीताबाट ईन्द्रकुमार विकल्प, ललितकला क्षेत्रबाट गणेश कुमार जिसी, लोकगीत संकलन तथा रचनाकार शिव सुवेदी र चर्चित लोक गायक याम क्षेत्रीलाई सो अवसरमा सम्मान गरिएको थियो ।सम्मानित स्रष्टाहरुलाई लोक गायिका प्राज्ञ हरीदेवी कोईराला र अलि मियाँ लोक वाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष हनिफ मियाँले ताम्रपत्रसहित दोसल्ला ओड्याएर सम्मान गरेका थिए । सामाज परिर्वतनका लागि निरन्तर कलम चलाउँदै समस्याको चपेटामा पनि रचना गरी सात्यिक क्षेत्रमा योगदान पु¥याएकोले उनीहरुलाई सम्मान गरिएको लोक गायिका तथा प्राज्ञ हरीदेवी कोईरालाले बताईन् ।

सो अवसरमा प्राज्ञ कोईरालाले व्यावसायिकताभन्दा समाज परिर्वतनमा साहित्यिक क्षेत्रबाट योगदान गर्न उनले आग्रह गरिन । कार्यक्रममा उनले गीत पनि प्रस्तुत गरेकी थिईन । प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँले सर्जकको योगदानको कदर गर्न सम्मान गरेको बताए । कार्यक्रममा सम्मानित स्रष्टाहरुले उनीहरुले पुरस्कारका लागि स्रष्टा नबनी संस्कृतिका लागि स्रष्टा बन्नुपर्ने बताएका थिए ।

कार्यक्रममा राजेन्द्र पहाडी, ईन्द्रमान खत्री, गणेश कुमार जिसी, शान्ति नारायाण श्रेष्ठ, कलाकार शिव सुवेदीले बोलेका थिए । प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्वतका कार्यवाहक अध्यक्ष गणेश पौडेल, नेपाल रेडक्रस सोसाईटी पर्वतका सभापति सुन्दरप्रसाद जोशी, लोक गायक याम क्षेत्रीका पीता शेरबहादुर क्षेत्रीले पनि कार्यक्रममा बोलेका थिए । प्रतिष्ठानका सचिव पदमराज ढकालले स्वागत गरेको कार्यक्रमको सञ्चालन शंकर गिरीले गरेका थिए ।

कमेन्टहरु
Loading...