भव्य हङकङमा सहारा साँझ

हङकङ, भदौ ९/सहारा क्लव हङकङले जोर्डनस्थित सिमसाइ सुईहलमा आइतबार गरेको ‘सहारा साँझ हङकङ २०१३’ भव्य रुपमा सम्पन्न भएको छ । सहारा क्वल पोखराको सहारा एकेडेमीको सहयोगार्थ आयोजित साँझमा दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार, गायक विवेक श्रेष्ठले आफ्नो प्रस्तुती राख्नु भएको थियो ।सहारा साँझमा सहभागि दर्शकले हङकङमा १५ वर्षपछि यस्तो भव्य कार्यक्रम भएको प्रतिक्रिया दिए ।
IMG_0854सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङले सोचेको भन्दा पनि उल्लेख रुपमा दर्शकको उपस्थिति रहेको बताउनुभयो ।उहाँले कार्यक्रमबाट बचेको रकम सहारा क्लव पोखरालाई निकट भविश्यमा हस्तान्तरण गर्ने पनि बताउनुभयो ।सहारा क्लव युकेका नविन गुरुङले हङकङको कार्यक्रमले आफुहरुलाई वेलायतमा कार्यक्रम गर्न उत्साह थपेको बताउनुभयो ।
सहारा क्लव पोखरा अध्यक्ष विक्रम थकालीले सबैका सहयोगले नै कार्यक्रम सफल भएको बताउँदै हङकङबासी सम्पूर्ण नेपालीलाई धन्यवाद दिनुभयो । सहारा हङकङ साँझमा सहभागि हुन पोखराबाट थकालीको नेतृत्वमा दोहोरी गायक जिवन दाहाल, दोहोरी गायिका काजल गुरुङ, सुगम गायिका समला राई, बाल कलाकार प्रेम परियार,बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जित, उद्घोषक दीपेन्द्र श्रेष्ठ बुधबार त्यसतर्फ जानु भएको थियो भने लण्डनबाट गायक विवेक श्रेष्ठ र सहारा क्लवका यूकेका अध्यक्ष नविन गुरुङ हङकङ पुग्नु भएको थियो ।
सहारा क्लव पोखराले दोविल्लामा २६ रोपनी जग्गामा संचालन गरेको एकेडेमीमा विपन्न र असहाय वर्गका १४ जना बालकहरुले शिक्षादिक्षाको साथै फुटवल प्रशिक्षण लिइरहेका छन् भने एकेडेमीमा ३० जना बालक राख्ने लक्ष्य क्लवले लिएको सहारा क्लवका सदस्य तथा बरिष्ठ फोटो पत्रकार सुर्दशन रञ्जितले जानकारी दिनुभयो । एकेडेमीमा भएका बालक ८ देखि १० बर्ष का छन् ।एकेडेमी संचालन गर्न सहारा क्लवले २ करोड लगानी गरेको छ ।
 

कमेन्टहरु
Loading...