सहारा एकेडेमिको आज उद्घाटन दाताको सहयोगले बन्यो २ करोडमा सहारा एकेडेमी

पोखरा, २६ माघ/ पोखराको सहारा क्लबले पोखरा १७ दोविल्लामा बिभिन्न्ा व्यtmि तथा संघ संस्थाहरुको सहयोगबाट हालै निमार्ण्र्ाारेको सहारा एकेडेमिको आज उद्घाटन भएको छ । एक करोड २७ लाखको एकेडेमि भवन तथा २५ लाख बराबरको फुटवल मैदान सहित बिभिन्न भौतिक सामाग्रि सहितको सहारा एकेडेमिको अखिल नेपाल फुटवल संघ एन्फाका अध्यक्ष एवम एएफसीका उपाध्यक्ष गणेश थापाले उद्घाटन गरेका छन् ।

क्लबले बषर्नी आयोजना गर्दै आएको आहा रारा गोल्ग कप तथा दाताको सहयोगले भौतिक निमार्ण्र्ााार्य सफल भएको क्लबका अध्यक्ष विक्रम थकालीले बताए । क्लबले दोविल्ल्ाामा २६ रोपनी जग्गा २८ लाख ५० हजारमा लिएको थियो । सहारा एकेडेमि भवनसंगै एकेडेमिको लागि फुटवल मैदान, खानेपानीको वोरिङ्ग लगाएको भौतिक संरचना निमार्ण्र्ााैसको छ । कार्यक्रमा सहयोग दाताहरुलाई सम्मान गरेका थिए ।

एकेडेमिमा ३० जना वालकहरु आगामी वैशाखबाट राखिने भएको छ । कठिन परिस्थीती र विपन्न बर्गका देशभरीबाट छनौट गरीने भएको क्लबका अध्यक्ष थकालीले बताए । पहिलो पटक २०५८ साल देखि क्लबले एकेडेमिको रुपमा २० जना किशोरहरुलाई राख्दै आएको हो । २०६१ साल देखि देशका १३ जिल्लाबाट क्लबले विपन्न बर्गका तथा असाय २० जना वालकहरुलाई एकेडेमिको रुपमा राख्दै आएको थियो ।

कमेन्टहरु
Loading...