माल भएर चाल नपाए जस्तो, यस्तो छ रक गार्डेन (फोटो फिचर)

पर्यटन प्रवद्र्धन गर्न व्यवस्थित एवं संरक्षणको खाँचो

फाइल तस्विरहरु

सेतीको चिसो पानी गहिरिएर बगेको छ । बगेको पानीले चट्टानलाई समेत फोरेको छ । बग्ने क्रममा एकोहोर पानीको रटाईले प्राकृतिक आकर्षण पनि बनाएको छ । पानीले चट्टानमा बनाएको प्राकृतिक आकृतिलाई पर्यटकीय दृष्टिकोण दिन सकिएको छैन् । चट्टानमा प्राकृतिक रुपमा कुदिएको चित्रले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न सहज हुने विश्वास लिइएको छ ।

रक गाडेन

सेतीले बनाएको चट्टान रुपी प्रकृतिलाई ‘रक गार्डेन’(चट्टान बगैंचा) बनाई पर्यटकीय आकर्षण बनाउनपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । यद्यपी त्यसको संरक्षण र सम्वद्र्धन मात्रै नभई प्रवद्र्धन पनि हुन सकेको छैन् ।

रक गाडेन: Rock Garden Seti nadi, Dule gauda, Tanahu
रक गाडेन: Rock Garden Seti nadi, Dule gauda, Tanahu

पोखरासँगै जोडिएको तनहुँको व्यापारिक स्थल दुलेगौडादेखि दक्षिण ढोरफिर्दी प्रवेश गर्ने क्रममा यो रक गार्डेन देख्न सकिन्छ । झण्डै दुईमिटर लम्बाईमा रहेको चट्टानरुपी प्रकृतिलाई व्यवस्थित गरी आवश्यक पुर्वाधार तयार गरेर पर्यटन प्रवद्र्धन गर्नुपर्ने पर्यटन व्यावसयीहरु बताउ छन् ।

Rock Garden in Nepal is full of potential. Rock Garden in Tanahu, Dule gauda
Rock Garden in Nepal is full of potential. Rock Garden in Tanahu, Dule gauda

सेती किनारलाई चट्टानी बगैचा बनाउन दुलेगौडा र ढोरफिर्दीका स्थानीयबासिन्दाले पहल गर्नुपर्नेमा व्यवसायीहरुको भनाई छ । भएको प्राकृतिक सौन्दर्यलाई पर्यटकीय दृष्टिकोर्ण दिई आवश्यक पुर्वाधार तयार पारेर पर्यटन प्रवद्र्धन तर्फ ध्यान दिनुपर्ने खाँचो छ । सन् २००१ मा नयाँ पदयात्रा मार्गको रेखांकनको क्रममा चट्टानी बगैंचाको अवधारणा बाहिर आएको थियो ।

Rock Garden, Setinadi Dule Gauda, Tanahu
Rock Garden, Setinadi Dule Gauda, Tanahu

 

 

कमेन्टहरु
Loading...